Close

Recent Posts

सुकुम्बासीको विवरण संकलन बारे सेनाको स्पष्टीकरण

सुकुम्बासीको विवरण संकलन बारे सेनाको स्पष्टीकरण
  • १६ बैशाख २०८३, बुधबार १५:२९

काठमाडौं । सुकुम्बासीको विवरण संकलनमा सेना लागेको भन्दै विवाद सिर्जना भएपछि नेपाली सेनाले स्पष्टीकरण दिएको छ । सेनाले बुधबार विज्ञप्ति निकाल्दै विपद् प्रतिकार्य पूर्वतयारीका लागि सुकुम्बासीहरूको विवरण मागिएको बताएको छ।

mulpatra

जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गरेर भनेको छ ‘राहत, उद्धार र पुनर्स्थापनालाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्न तथ्याङ्क अद्यावधिक गर्ने काम गरिएको सवैमा जानकारी गराउँछौँ ।’

विगतका वर्षहरूमा भएका विपद्का घटनालाई मध्यनजर राखेर जोखिम कम गराउन तयारी गर्ने भन्दै सेनाले भनेको छ, ‘जोखिमलाई दृष्टिगत गरी सरोकारवाल निकायसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षति न्यूनीकरणका लागी विपद् पूर्व तयारीको योजना गर्दै आएको ।’

mulpatra mulpatra mulpatra

सेनाले बर्दिया र उदयपुर लगायतका जिल्लामा सुकुम्बासीको विवरण मागेको पत्र सार्वजनिक भएपछि त्यसबारे सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

‘सुकुम्बासीहरूको विवरण माग गरेको सम्बन्धमा विभिन्न खबरहरू प्रकाशन र प्रसारण भइरहेको सन्दर्भमा नेपाली सेनाका स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपद्का घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनस्र्थापनाका कार्यहरूलाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्सांकन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको सबैमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ।