ट्रम्पका विशेष दूत सर्गियो गोर आज नेपाल आउँदै

ट्रम्पका विशेष दूत सर्गियो गोर आज नेपाल आउँदै
  • १७ बैशाख २०८३, बिहीबार ०९:५२

काठमाडौं । अमेरिकी कुटनीतिज्ञ सर्गियो गोर आज नेपाल आउँदै छन् । उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत हुन् । बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि अमेरिकी चासो नेपाल तर्फ बढेको कारण पनि अमेरिकी कुटनीतिज्ञको भ्रमण बढ्दो छ । भरखरै मात्र पनि अमेरिकी सहायक विदेश मन्त्री समिर पल कपुर नेपाल भ्रमण आएर फर्किएका थिए ।

mulpatra

गोर हाल भारतका लागि अमेरिकी राजदूतका रूपमा पनि कार्यरत छन् । ट्रम्पका निकट सहयोगी मानिने उनलाई भारतका लागि राजदूतसँगै दक्षिण तथा मध्य एशियाका विशेष दूतको जिम्मेवारी पनि दिइएको छ ।

गोरले नेपाल बसाइमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट्ने कार्यसूची तय भएको छ । सरकारका अन्य उच्च पदस्तहरुसँगको भेटघाट भने खुलाइएको छैन ।

mulpatra mulpatra mulpatra