Close

Recent Posts

‘पहिले पुनर्वास, त्यसपछि मात्र हटाउने’ मागसहित सुकुम्वासी आन्दोलनमा उत्रिए

‘पहिले पुनर्वास, त्यसपछि मात्र हटाउने’ मागसहित सुकुम्वासी आन्दोलनमा उत्रिए
  • १७ बैशाख २०८३, बिहीबार १५:३०

काठमाडौं– सुकुम्वासीहरूले मधेश प्रदेश सरकारको मुख्य गेटमै धर्ना दिएका छन्। उचित बासस्थानको व्यवस्था नगरी घर भत्काइएको भन्दै उनीहरूले आज जनकपुरमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

mulpatra

प्रदर्शनकारीहरूले मधेश प्रदेश सरकारका मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीहरूको निवास रहेको परिसर घेराउ गर्दै धर्ना दिएका छन्।

‘पहिले पुनर्वास, त्यसपछि मात्र हटाउने’ मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

mulpatra mulpatra mulpatra

धनुषामा रहेको ‘गुठी कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समिति’ गठन गरेर सुकुम्वासीहरू लामो समयदेखि आन्दोलनरत छन्। उनीहरूले संघ र प्रदेश दुवै सरकारसँग पुनर्वाससहितको व्यवस्थित बसोबासको माग गरेका छन्।

सरकारले सुकुम्वासीलाई उठिबास लगाएको आरोप लगाउँदै उनीहरूले प्रधानमन्त्री वालेन्द्र साहको राजीनामा समेत माग गरेका छन्।