Close

Recent Posts

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
  • १७ बैशाख २०८३, बिहीबार २१:३२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दुई महत्वपूर्ण अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार बिहीबार साँझ सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको हो।

mulpatra

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो। यसअघि नै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरिसकेका छन्।

सरकारले भने एकैपटक अन्य केही अध्यादेशहरू पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। तीमध्ये संवैधानिक परिषद् सम्बन्धी, केही नेपाल ऐन संशोधन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेशहरू अझै स्वीकृत हुन बाँकी रहेका छन्।

mulpatra mulpatra mulpatra

राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अध्यादेशबारे अध्ययन गरिरहेको जनाइएको छ। यसैक्रममा उनले शीतलनिवासमा कानुनविद्हरूसँग छलफलसमेत गरेका थिए। छलफलका क्रममा सरकारबाट एकैपटक धेरै अध्यादेश आएको विषयमा कसरी अघि बढ्ने भन्नेबारे राय लिइएको स्रोतले जनाएको छ।