बिहानै बल्खु र टेकु सुकुम्बासी वस्ती खाली गरिँदै
काठमाडौं । सरकारले गत साताबाट शुरु गरेको काठमाडौंका नदी किनारका सुकुम्बासी बस्ती खाली गराउने क्रममा आज काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्ती र टेकु स्थित सुकुम्बासी बस्ती खाली गराउँदै छ ।

ठुलो संख्यामा प्रहरी परिचालन गरेर बिहानै बस्तीमा डोजर चल्न सुरु गरेको हो । केही दिन अघि शुक्रबारबाट बस्ती खाली गरिने हुँदा सामान सार्न प्रहरीले सुचित गरेको थियो ।
अघिल्लो साता बाग्मतीका थापाथली, सिनामंगल, गैरीगाउँ, मनोहराका १८ बढी सुकुम्बासी बस्ती खालि गरिसकेको छ । सरकारले ७७ वटै जिल्लाका जिल्ला प्रशासनलाई चिठी लेख्दै सुकुम्बासी बस्ती खाली गराउने योजना बनाएको छ ।
![]() |
![]() |
![]() |
|---|



