Close

Recent Posts

असक्षम अध्यक्षको सह–संयोजक बस्ने पुर्वअध्यक्ष तामाङले गरे अस्वीकार

आफुभन्दा सिनियर सह–संयोजकका बस्दैनन् भन्ने ज्ञानको अभाव

असक्षम अध्यक्षको सह–संयोजक बस्ने पुर्वअध्यक्ष तामाङले गरे अस्वीकारआफुभन्दा सिनियर सह–संयोजकका बस्दैनन् भन्ने ज्ञानको अभाव
  • १८ बैशाख २०८३, शुक्रबार १४:३२

काठमाडौं –वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङले संघमा सह–संयोजक बस्ने गरेको प्रस्ताव पुर्वअध्यक्ष बलबहादुर तामाङले अस्वीकार गरेका छन् ।

mulpatra

गुरुङले विहिबार पठाएको पत्रमा तामाङले आफु अध्ययनमा व्यस्त रहेको भन्दै अस्वीकार गरेका छन् । आफुभन्दा सिनियर पुर्वअध्यक्ष सह–संयोजकमा बस्छन् की बस्दैन भन्ने ज्ञान समेत नभएको अध्यक्ष गुरुङको यो निर्णय पनि अव्यवहारिक भएको व्यवसायी बीचमा चर्चा छ ।

संघको नेतृत्वमा आएदेखि उनी विवादमा तानिएका हुन । अहिले संघमै काम गर्न नसकेको भन्दै व्यवसायीले राजिनामा समेत मागिरहेका छन् ।

mulpatra mulpatra mulpatra

संघको नेतृत्वमा आएपछि गुरुङले व्यवसायीका लागि केही काम गर्न नसकेको आरोप छ । जसका कारण अहिले उनी स्यंम विवादमा तानिएका छन् ।

तामाङको जवाफ

श्रीमान् भुवन सिंह गुरुङज्यू अध्यक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघ विषय: सह–संयोजकको जिम्मेवारी वहन गर्न असमर्थता बारे। चलानी नं. ४०९/२०८२/८३, मिति २०८३/०१/१७ को पत्र प्राप्त भएको जानकारी गराउँछु। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको करिब ३३ वर्ष लामो इतिहास रहेको कुरा विदितै छ। वैदेशिक रोजगार व्यवसाय तथा व्यवसायीहरूको दीर्घकालीन हकहितका लागि मैले आफ्नो कार्यकालमा व्यक्तिगत व्यवसायलाई समेत प्राथमिकतामा नराखी सक्दो योगदान गर्ने प्रयास गरेको थिएँ। साथै, तपाईंको कार्यकालमा पनि संघका पक्षमा विभिन्न महत्वपूर्ण कार्यहरू भइरहेकोमा प्रसन्नता व्यक्त गर्दछु। हाल मेरो विद्यावारिधि (PhD) सम्बन्धी अनुसन्धान कार्य अत्यधिक व्यस्त रहेको र २०८३ माघ भित्र शोधकार्य प्रस्तुत गर्नुपर्ने भएकाले, यहाँद्वारा प्रदान गरिएको सह–संयोजकको जिम्मेवारी वहन गर्न असमर्थ रहेको विनम्र जानकारी गराउँछु। मलाई उक्त जिम्मेवारीका लागि स्मरण गर्नु भएकोमा कार्यसमिति प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

Image Source: © https://mulpatra.com

लबहादुर तामाङ पूर्व अध्यक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

हाल गुरुङ संघ भित्र विवादित छन् । उनी जता गएपनि व्यवसायीको बदनाम गराउनेभन्दा अन्य काम गदैन् । जसका कारण पनि उनीसँग काम गर्न अधिकांश म्यानपावर व्यवसायीले काम गर्न रुची राखेका छैन ।

गत सोमबार मात्र संघका शीर्ष पदाधिकारीसहित ११ जनाले सामुहिक राजिनामा दिएका थिए । त्यसपछि असन्तुष्ट पक्षले संघमा लगाएको ताला गुरुङले नि गुण्डागर्दी शैलीमा ताला फुटाएका थिए । उनी व्यवसायीका हकहितमा भन्दा बिचौलियाका लागि काम गदै आएका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com