काठमाडौंका तीन ठाउँमा सुकुम्बासी खेदाउन चलिरहेको डोजर
काठमाडौँ । सरकारले काठमाडौंका नदी किनारका सुकुम्बासी हटाउने क्रममा शनिवार तीन ठाउँमा डोजर चलाइरहेको छ । सरकारले बिहानै देखि स्वयम्भू, बालाजूक्षेत्र र अनामनगर क्षेत्रमा सुकुमबासी बस्ती हटाउन डोजर चलाएको छ ।

अघिल्लो शनिवार देखि भत्काउन सुरु गरेको थापाथली, सिनामंगल, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुम्बासी बस्तीमा मात्र १८ सय बढी घर टहरा भत्काएको थियो । त्यस्तै हिजो बल्खु, वंशीघाट, शंखमुल, गोंगबु लगायतमा विभिन्न ठाउँमा समेत ७ सय बढी घर टहरा भत्काएको छ।
सरकारले सुकुम्बासी व्यवस्थापन गर्न भन्दै वस्तीहरुमा डोजर चलाइरहे पनि सुकुमबासीको पहिचान नगरी जथाभावी बस्तीमा डोजर चलाएको भन्दै आलोचना भइरहेको छ ।
![]() |
![]() |
![]() |
|---|
नदी किनारमा लालपुर्जा लिएकाहरु समेत सरकारको यो कदमबाट त्रसित बनेका छन् ।



