रास्वपाको सचिवालय बैठक बस्दै, सुकुम्बासीको छैन चिन्ता

रास्वपाको सचिवालय बैठक बस्दै, सुकुम्बासीको छैन चिन्ता
  • १९ बैशाख २०८३, शनिबार २१:२७

काठमाडौं । काठमाडौं उपत्यकाका सुकुम्बासी बस्ती उजाड बनीरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्ने भएको छ । आइतबार बस्ने गरि बोलाइएको सचिवालय बैठकमा आगामी स्थानीय तहको निर्वाचन र महाधिवेशनको तयारीका विषयमा छलफल गर्ने जनाइएको छ ।

mulpatra

खोला किनारका हजारौं विस्थापीत भइसक्दा समेत रास्वपा भित्र भने ति विषयले प्रवेश भने पाएको छैन । बैठकमा मुख्य गरी आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा तयार पार्ने विषयमा छलफल हुनेछ। बैठकको कार्यसूचीमा ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ र ‘महाधिवेशन कार्यविधि २०८३’ लाई प्राथमिकताका साथ राखिएको रास्वपाले जनाएको छ।

बैठकले संसदीय दलको विधान संशोधनका सम्बन्धमा छलफल गर्ने र सांगठनिक सुदृढीकरणको मार्गचित्र तय गर्ने तयारी गरेको छ ।

mulpatra mulpatra mulpatra