१० हजारको रसिद दिएर संघकै अध्यक्ष गुरुङ लिन्छन् मलेसिया जाने कामदारसँग नगद साँढे ५ लाख
काठमाडौं– वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङले मलेसिया जाने कामदारसँग १० हजारको रसिद दिएर साढे ५ लाख लागत खर्च लिएर नगद कारोवार गरेको पाइएको छ ।

मलेसिया जाने कामदारलाई पैसा तिरेको कतै नभन्नु भन्दै साढे ५ लाख लागत खर्च लिएपनि गुरुङकै म्यानपावरले १० हजारको मात्र रसिद दिएको कामदारको गुनासो छ ।
उनले साढे ५ लाख तिरेको कतै भने मलेसियाबाट फकाउने, रोजगार खोस्ने र प्रहरी लगाउने समेत धम्की दिएको मौखिक उजुरी हेलो सरकार, श्रम कल सेन्टर र वैदेशिक रोजगार विभागमा कामदारले गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
कल सेन्टरमा मलेसियाबाट एक कामदारले फोनबाट टिपाएको उजुरी सामाखुशीमा रहेकोगुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिबाट म एक साताअगाडी वैदेशिक रोजगारीमा मलेसिया आएको हुँ मेरो घर पोखरातिर हो । उक्त म्यानपावरले मलाई मलेसिया आउँदा साढे ५ लाख नगद पैसा लागत खर्च भनेर लियो । यसरी नगद पैसा तिरेको कतै भने मलेसियाबाट फकाउने, रोजगारी खोस्ने र प्रहरी लगाउने समेत धम्की दियो ।’ कामदारले कल सेन्टरमा यसरी उजुरी टिपाएका छन् ।
उनीसँग अन्य ३ वटा वैदेशिक रोजगार ऐनविपरित गुरुङले पैसा लिएको उजुरी हेलो सरकारमा परेको सूचना आएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
उनले मलेसियाबाट ११ हजारसम्म भिसा किनेर ल्याउने र साढे ५ लाख नगद पैसा दिएर कामदार पठाउने गरेको मौखिक उजुरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागमा समेत म्यानपावर व्यवसायीहरुले नै गरेको श्रम मन्त्रालयकै एक उच्च कर्मचारीले जानकारी दिए ।
Image Source: © https://mulpatra.com
सरकारले कामदारसँग नगद नलिइ बैकमार्फत मात्र पैसा लिन म्यानपावर व्यवसायीलाई सूचित गराएको छ । तर संघकै अध्यक्ष गुरुङले नै वैदेशिक रोजगार विभागको सूचनालाई वेवास्ता गदै नगद कारोवार गरेको कामदारले उजुरी गरेपछि उनलाई कानुनी कारवाही हुन्छ की हुँदैन भने प्रश्नको विषय बनेको छ ।
साढे ५ लाख मलेसिया जाने कामदारसँग लिएको नि गैरकानुनी हो र वैदेशिक रोजगार ऐन २०६४ को उल्लंघन भनिएका कारण उनीमाथि छानबिन भइरहेको विभागका एक उच्च अधिकारीले जानकारी दिए ।
वैदेशिक रोजगार ऐनभन्दा दाँयाबाँया काम गर्न सकैलाई छुट नभएको र दोषी जो कोही भएपनि ऐनभित्र बसेर छानबिनसँगै कारवाही हुने वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यले जानकारी दिइन् ।
संघ अध्यक्षले गरैकानुनी ढ्रगले काम गरेको उजुरी परेको छ । हालै मात्र उनले फ्रि भिसा र फ्रि टिकटमा कामदार पठाउन सकिन भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा धम्कीपुर्ण भाषा समेत बोलेका थिए ।
गत महिना उनले मलेसियाबाट ११ हजार रिंग्रेटमा भिसा किनेर ल्याइ मलेसिया कामदार पठाउन ५ नम्बरभित्र परेको विभागको तथ्यांकमा छ ।
उनले प्राय भिसा किनेर ल्याउने र साढे ५ लाख लागत खर्च लिएरै मलेसिया कामदार पठाउने गरेको गुनासो विभागमा पर्ने गरेको छ । यस विषयमा बुझन अथवा वास्तविक के हो भनेर सोध्न पटक–पटक फोन गर्दा समेत उनी सम्पर्कमा आएनन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



