ब्राजिलसँग हारेसँगै विश्वकपबाट बाहिरियो हाइटी, ब्राजिल भने समूहको शिर्ष स्थानमा
काठमाडौं । विश्वकप २०२६ अन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलले पराजित गरेको छ । हाइटीलाई पराजित गर्दै ब्राजिल समूह सी को शीर्ष स्थानमा उक्लिएको छ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलको २४ औं मिनेटमा म्याथ्यू कुन्हाले पहिलो गोल गरेका थिए । खेलको ३६ औं मिनेटमा पुन म्याथ्यू कुन्हाले दोस्रो गोल गरे। तेस्रो गोल भने भिनिसियस जुनियरले गरे ।
ब्राजिलले पहिलो खेल मोरक्कोसँग बराबरी खेलेपछि चर्को आलोचना भएको थियो ।
![]() |
![]() |
![]() |
|---|
यता यो हारसँगै हाइटी भने सन् २०२६ को विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ।



