Close

Recent Posts

उपत्यकाभित्र २ हजारभन्दा बढी घरटहरा हटाइयो

उपत्यकाभित्र २ हजारभन्दा बढी घरटहरा हटाइयो
  • २० बैशाख २०८३, आईतवार १७:४६

काठमाडौं– काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारेको छ ।

mulpatra

सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काइरहेको सरकारले आइतबार बागमती र सहायक नदीका किनारमा डोजर चलाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरी निर्माण गरिएका ८० घर टहरामा डोजर चलेको छ ।

धोबी खोलाको किनार मिचेर अनामनगर क्षेत्रमा बनाइएका ६ घर भत्काइएको छ । अहिलेसम्म काठमाडौं उपत्यकाभित्र २ हजारभन्दा बढी घरटहरा हटाइएको छ ।

mulpatra mulpatra mulpatra

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि एक साता अघिदेखि उपत्यकाभित्रका अतिक्रमित संरचना र सुकुमबासी बस्ती हटाउने काम सुरु भएको हो। शनिबार काठमाडौँको थापाथाली, सिनामङ्गल–गैरीगाउँ, भक्तपुरको मनोहरालगायत क्षेत्रका संरचना हटाइएको थियो ।

सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिका तथा बुढानिलकण्ठ नगरपालिकाको समन्वयमा अकपन क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काइएको हो ।

वास्तविक सुकुम्बासीको डेटा खोज्दै मन्त्रालय

Image Source: © https://mulpatra.com

अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई कीर्तिपुर, बालाजु, भक्तपुर लगायत क्षेत्रमा रहेका ‘होल्डिङ सेन्टर’ मा राखिएको छ । त्यहाँ राखिएका भूमिहीन सुकुम्वासीको पहिचान गरी उनीहरूलाई व्यवस्थापन गर्ने काम भइरहेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत वास्तविक सुकुमवासीको पहिचान गर्न सुरु गरिएको छ । सहरी विकास मन्त्रालयले उपलब्ध गराएको भूमि नभएको दाबी गरेकाहरूको विवरण अभिलेख भिडाउने र रुजु गर्ने काम भइरहेछ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com