Close

Recent Posts

बेलायत, रुस र भारतीय नागरिक रसुवागढी हुँदै मानसरोवरतर्फ

बेलायत, रुस र भारतीय नागरिक रसुवागढी हुँदै मानसरोवरतर्फ
  • २० बैशाख २०८३, आईतवार १९:५७

काठमाडौं– नेपाल–चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रा सुरु भएको छ । यस याममा हालसम्म तीन सय तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ ।

mulpatra

कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार अहिलेसम्म भारतीय, रुसी तथा बेलायतका नागरिकसहित ३ सय यात्री मानसरोवरतर्फ लागेका छन् ।
अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष रसुवागढी नाका भएर ११ हजार ३८१ तीर्थयात्री मानसरोवर, कैलाश गएका थिए । यो संख्या यसपालि बढ्ने अनुमान अध्यागमन कार्यालयको छ ।

हिन्दू, बौद्ध, तथा बोन धर्मावलम्बी विभिन्न धर्मावलम्बीका लागि मानसरोवर पवित्र तीर्थस्थल मानिन्छ। नेपालबाट स्थलमार्ग हुँदै मानसरोवर पुग्ने सबैभन्दा छोटो र सहज मार्ग रसुवागढी–केरुङ मार्ग हो ।

mulpatra mulpatra mulpatra

काठमाडौँ–रसुवागढी दुरी करिब १ सय ३५ किलोमिटर रसुवागढी–केरुङ करिब २५ किलोमिटर केरुङ–सागा–मानसरोवर, करिब ७५० देखि ८०० किलोमिटर छ ।

सामान्यतया केरुङ प्रवेशपछि उच्च हिमाली भू–भाग पार गर्दै मानसरोवर पुग्न तीनदेखि चार दिन लाग्ने गर्दछ। सम्पूर्ण कैलाश–मानसरोवर परिक्रमासहितको यात्रा भने १० देखि १४ दिनसम्म चल्ने कैलाश पुगी फर्केका यात्रुहरू बताउँछन्।

मानसरोवर यात्रुको आवागमन बढ्दै जाँदा रसुवागढी नाका आसपास होटल, यातायात, पथप्रदर्शक सेवा तथा स्थानीय व्यापार व्यवसाय सक्रिय बन्न थालेका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com