प्रेस नोटबारे भारतको जवाफः एकतर्फी रूपमा भू–भागबारे नेपालले धारणा बनाउनु अस्वीकार्य
काठमाडौँ । नेपाल सरकारले लिपुलेक मुद्धाबारे भारतलाई पठाएको प्रेस नोटको भारतले प्रतिक्रिया दिएको छ । भारत सरकारले लिपुलेक नाका हुँदै हुने कैलाश मानसरोवर यात्राबारे नेपालको धारणा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएको छ ।

चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेपछि नेपाल सरकारले आइतबार प्रेस नोट जारी गर्दै त्यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएपछि भारतको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो ।
भारतीय विदेशी मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले भारतले लिपुलेक भङ्ज्याङ हुँदै सन् १९५४ देखि कैलाश मानसरोवर यात्राका लागि प्रयोग गरिरहेको दीर्घकालीन मार्ग भएको बताएका छन् । उनका अनुसार यस मार्गबाट यात्रुहरू दशकौँदेखि आवतजावत गर्दै आएका छन् र यो कुनै नयाँ विकास नभएको बताए ।
![]() |
![]() |
![]() |
|---|
भारतले एकतर्फी रूपमा भू–भागबारे नेपालले धारणा बनाउनु अस्वीकार्य रहेको बताएको छ। साथै, भारतले नेपालसँग द्विपक्षीय सम्बन्धका सबै विषयमा विशेष गरी सीमासम्बन्धी बाँकी रहेका मुद्दाहरू समाधान गर्न संवाद र कूटनीतिक माध्यमबाट रचनात्मक वार्ताका लागि आफू खुला रहेको जनाएको छ ।



