मन्त्रालय १७ वटा बनाउने तयारीः कुन–कुन गाभिँदैछन् ?
काठमाडौं । सरकारले संघीय सरकारअन्तर्गत मन्त्रालयहरूको संख्या घटाएर १७ मा सीमित गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। आज बिहान साढे १० बजे बस्ने मन्त्रिपरिषद् बैठकमा मन्त्रालय मर्ज र खारेज सम्बन्धी प्रस्तावमाथि विस्तृत छलफल हुने जनाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार हाल अस्तित्वमा रहेका चार मन्त्रालय खारेज गर्ने र अन्य केही मन्त्रालयहरूलाई गाभेर नयाँ संरचना तयार गर्ने योजना अघि बढाइएको हो। यसअघि प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले पनि १७ मन्त्रालयको संरचना सिफारिस गरेको थियो।
सरकारले युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गरि मर्ज गर्ने तयारी गरेको हो ।
सरकारको प्रारम्भिक खाकाअनुसार युवा तथा खेलकुद मन्त्रालयलाई क्षेत्रलाई शिक्षा मन्त्रालयमा गाभ्दै ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ बनाइनेछ।
![]() |
![]() |
![]() |
|---|
युवासम्बन्धी विषयलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक सुरक्षासँग जोडेर ‘लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय’ गठन गरिनेछ।
खानेपानी तथा सरसफाइ मन्त्रालयबाट सरसफाइ क्षेत्रलाई स्वास्थ्य मन्त्रालयमा समेटिनेछ। खानेपानी र शहरी विकास मन्त्रालयलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ बनाइने तयारी छ।
भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत रहेको यातायात क्षेत्रलाई श्रम मन्त्रालयसँग जोड्ने आन्तरिक तयारी पनि गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइनेछ।
Image Source: © https://mulpatra.com
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट ‘गरिबी’ सञ्चार मन्त्रालयबाट ‘सूचना प्रविधि’, शिक्षा मन्त्रालयबाट ‘विज्ञान तथा प्रविधि’ क्षेत्रलाई पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने तयारी भइरहेको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



