सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलले लगाए दज्र्यानी चिह्न

सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलले लगाए दज्र्यानी चिह्न
  • २१ बैशाख २०८३, सोमबार ११:०६

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले दज्र्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले उनलाई दज्र्यानी चिह्न लगाइदिएका हुन् ।

mulpatra

वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले वैशाख १८ गतेदेखि अवकास पाएका छन् ।