सरकार नीतिगत सुधार गरी वैदेशिक रोजगारी क्षेत्रका सबै सिण्डिकेट तोड्दैसिण्डिकेट र ठगि नियन्त्रण पहिलो प्रथामिकता
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारी क्षेत्रमा समस्याका रुपमा देखिएका सबै सिण्डिकेट तोड्न तयारी गरिरहेका छन् ।

उनी श्रम मन्त्रालयको नेतृत्वमा आएपछि अध्ययन नै गरेर वैदेशिक रोजगारीमा काममा देखिएका सिण्डिकेट, एकाधिकार÷सीमित समूहको नियन्त्रणलाई तोड्ने गरी काम गर्ने योजना बनाइरहेको पाइएको छ ।
बालेन नेतृत्वको सरकारको पछिल्ला निर्णय र सार्वजनिक अभिव्यक्तिहरू हेर्दा सरकारको नीति नियमन कडाइ, पारदर्शिता र सुधारात्मकतर्फ गएको देखिन्छ । श्रम मन्त्रालयको नेतृत्वमा आएपछि सुधारका लागि वैदेशिक रोजगारी, आन्तरिक श्रम बजार र यस क्षेत्रका सिण्डिकेटको अध्ययन गरेका मन्त्री यादवले केही दिनमै सबै योजना सार्वजनिक गर्ने तयारीमा छन् ।
![]() |
![]() |
![]() |
|---|
नीतिगत सुधार र संस्थागत पुनर्संरचना, दूतावासमार्फत प्रत्यक्ष निगरानी र सेवा, श्रम स्वीकृति र गन्तव्य व्यवस्थापनमा नियमन र रेमिट्यान्स प्रवद्र्धनका लागि पनि सरकारले काम गर्ने भएको छ । यसका लागि श्रम मन्त्रालयले वैदेशिक रोजगारको केही बुद्धा नै संशोधन गर्ने भएको छ ।
मलेसिया, खाडीका देश र सरकारले काम पठाउँदै आएका देशको पनि स्वास्थ्य परीक्षणको सिण्डिकेट तोड्न गरी श्रम मन्त्रीले अध्ययन र ढाँचा तयार परेको श्रम मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार कानुनी झमेलाका कारण वैदेशिक रोजगारी क्षेत्रनै अव्यवस्थीत भएको समेत अध्ययनका क्रममा पाइयो ।
अब ती नीतिगत समस्या समाधान गदै कामदार र व्यवसायीलाई काम गर्ने सजिलो बनाउने गरी काम भइरहेको उनी बताउँछन् ।
Image Source: © https://mulpatra.com
ती कर्मचारीले दिएको जानकारी अनुसार मलेसिया स्वास्थ्य सिण्डिकेट, कतार भिसा सेन्टर, खाडीका देशको स्वास्थ्य, साउदीको सिण्डिकेट र अन्य केही सिण्डिकेटका लागि भइरहेको प्रयास समेत रोक्नगरी वैदेशिक रोजगार ऐन नै संशोधन हुने उनको दाबी छ ।
एजेन्ट र व्यक्तिगत ठगिको नेटवर्क रोक्न, गन्तव्य देश चयन र भिसा प्रक्रिया
लागत (फ्रि भिसा–फ्रि टिकट कार्यान्वयन कमजोरी) लाई सुधारात्मक गदै लजाने तयारी भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार वैदेशिक रोजगारीमा अवैध वा अनियन्त्रित नेटवर्क (जसले सिण्डिकेट जस्तो काम गर्छ) यसकै कारण वैदेशिक रोजगारी बदनाम भइरहेको आवाज समेत स्यंम म्यानपावर व्यवसायीले उठाउँदै आएको उनले बताए । ‘फ्रि भिसा र फ्रि टिकटलाई पनि अध्ययन गरी समयअनुसार परिवर्तन गर्नुपर्छ । वैदेशिक रोजगारीका नाममा विभिन्न समुहले गरी रहेको मनपरी रोक्न गरी वैदेशिक रोजगार ऐन समेत संशोधन हुने हुन्छ ।’ उनले भने ।
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण पहिले सीमित संस्थाबाट मात्रै हुने गुनासो थियो । यसले महँगो शुल्क र मनपरी घटाउने तथा प्रतिस्पर्धा बढाउने लक्ष्य राखेको छ ।
वैदेशिक रोजगारी क्षेत्रमा सुधार आवश्यक छ । यसका लागि छलफलसँगै केही काम गर्ने तयारी समेत भइरहेको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । वैदेशिक रोजगारीमा समस्या छन् । तीनै समस्या नीतिगत रुपमा सुधार गरी कामदार व्यवसायीका हकमा सहज बनाउनु छलफल भइरहेको उनले बताए ।
मन्त्री यादवले श्रमिक दिवसमा नीतिगत सुधार, संस्थागत पुनर्संरचना र नयाँ रोजगारी कार्यक्रम अघि बढाइएको बताएका छन् । यसले म्यानपावर, दूतावास, श्रम सहचारी प्रणाली लगायत क्षेत्रमा पारदर्शिता बढाउने संकेत दिन्छ ।
साथै विदेशमा रहेका श्रमिकसँग प्रत्यक्ष संवाद (जस्तै फेसबुक लाइभ) गर्ने व्यवस्था ल्याइएको छ । यसले एजेन्ट वा बिचौलियाको प्रभाव घटाउने र सिधै सरकारसँग पहुँच बढाउने लक्ष्य राख्छ ।
सरकारले वैदेशिक रोजगारी क्षेत्रमा वषौंदेखि नीतिगत समस्या छन् । यी समस्या नीतिगत रुपमै सरकारले समाधान गर्दा वैदेशिक रोजगारी क्षेत्र परिवर्तन हुने समय नलाग्ने वैदेशिक रोजगार व्यवसाय संघका पुर्वमहासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।
नयाँ सोच र योजनाका साथ आएको अहिलेको सरकारले वैदेशिक रोजगारी क्षेत्रमा पनि नीतिगत सुधार गर्ने आसमा आम व्यवसायी रहेको उनले बताए । वैदेशिक रोजगारीलाई अर्थतन्त्रको मेरुदण्ड भनेर नयाँ सरकारले भनेको छ । यो क्षेत्रमा नीगित सुधार भए अर्थतन्त्र, सीप र रोजगारी सन्तुलन हुन्छ । यसका लागि व्यवसायीसहित सर्वपक्षीय छलफल पनि आवश्यक छ ।’ उनले भने ।
सरकारलाई भुर्तेलले दिएको केही बुँद्धागत सुझाव
सिण्डिकेट अन्त्यः स्वास्थ्य परीक्षण, म्यानपावर र एजेन्ट प्रणाली पूर्ण रूपमा खुला र प्रतिस्पर्धात्मक बनाउने
डिजिटल ट्र्याकिङः श्रम स्वीकृति, भिसा, करार सबै प्रक्रिया अनलाइन पारदर्शी बनाउने
कडा कारबाहीः ठगीमा संलग्न म्यानपावर र एजेन्टलाई तुरुन्त लाइसेन्स खारेज र कानुनी कारबाही
दूतावास सक्रियताः विदेशमा रहेका कामदारको प्रत्यक्ष गुनासो सुन्ने र तत्काल हस्तक्षेप
कामदार सचेतनाः विदेश जानुअघि अनिवार्य अभिमुखीकरण, स्वास्थ्य परिक्षण र वास्तविक सूचना
कामदारको कर्तव्य, सुरक्षा र अधिकार
विदेशिने कामदार देशको मेरुदण्ड हुन्। उनीहरूको शोषण रोक्नु राज्यको जिम्मेवारी हो । वैदेशिक रोजगारीमा जाने कामदारले समेत आफनो अधिकार, सुरक्षा र रोजगारदाता देशको कानुनी समस्या बुझनु साथै त्यो देशमा इमान्दारीता समेत देखाउनुपर्छ ।
कामदारले रोजगारदाता देशमा मन लागि गर्दा अथवा आफु रोजगारी रहेको छु भन्ने कुरामा समेत ख्याल गर्नुपर्छ । वैदेशिक रोजगारीमा गएका कामदार कानुन उलंग्न, कानुनीविपरित कार्य, रोजगारदाता कम्पनी छाडेर भाग्ने समस्या छ । यस्तो विषयमा कामदारले विषेश ध्यान दिनुपर्छ ।
रेमिट्यान्समा सकारात्मक प्रभाव
हुन्डी कारोवार र ठगी कम भए कामदारको आम्दानी सुरक्षित हुन्छ, जसले देशको अर्थतन्त्र बलियो बनाउँछ । सरकारले व्यवसायी, विज्ञ र सम्बन्धीत निकाय बसेर सयंन्त्र निर्माण गर्दा अहिलेका कतिपय समस्या बहस गर्न सहज हुन्छ । समस्या केन्द्रीत बहस हुँदा अहिलेको समस्या समाधान पनि तत्काल निस्कन्छ । यसबाट समग्र पक्षलाई फाइदा पुग्छ ।
विश्वसनीयता वृद्धि
अहिले पनि नेपाली कामदार विदेशी रोजगारदाता कम्पनी रुचाइरहेका छन् । हामीले उनीहरुको सीप विकासमा विषेश योजना बनाउनुपर्छ । पारदर्शी प्रणाली भए अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालको विश्वसनीयता बढ्छ ।
वैदेशिक रोजगारीमा सिण्डिकेट र ठगी नियन्त्रण पहिलो प्राथमिकता हुनैपर्छ । यो केवल नारा होइन, अहिलेको आवश्यकता हो । नेपालबाट विदेशिने हजारौं कामदार अझै पनि बिचौलिया, म्यानपावरको मनपरी शुल्क, झुटा सम्झौता र कमजोर निगरानीका कारण ठगिँदै आएको छन् । यसको सुधार आवश्यक रहेको आवाज समेत उठ्दै आएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



