Close

Recent Posts

लिपुलेक नेपालकै भूमि हो, सरकार स्पष्ट र प्रतिवद्ध छः सरकारका प्रवक्ता

लिपुलेक नेपालकै भूमि हो, सरकार स्पष्ट र प्रतिवद्ध छः सरकारका प्रवक्ता
  • २१ बैशाख २०८३, सोमबार १३:३२

काठमाडौं– सरकारले लिपुलेक लगायतका सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको र ती क्षेत्रहरू नेपाली भूमि भएको कुरामा सरकार पूर्ण प्रतिवद्ध रहेको जनाएको छ ।

mulpatra

सोमबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको जानकारी दिए ।

यो विषय अब दुई सरकारबीचको सहकार्य र कूटनीतिक संवादमार्फत निकास निकाल्ने विषय भएको पोखरेलको भनाइ छ ।

mulpatra mulpatra mulpatra

परराष्ट्र मन्त्रालयले जारी गरेको नोट सार्वजनिक जानकारीका लागि मात्र नभई औपचारिक रूपमा पठाइएको पत्र भएको समेत उनले बताए।भारत सरकारले हालै जारी गरेको भनिएको वक्तव्य र त्यसमा नेपालले सीमा विस्तार गर्न खोजेको भन्ने आशयको बुँदाप्रति सङ्केत गर्दै प्रवक्ता पोखरेलले भने, ‘त्यो सीमा विस्तार गरिएको विषय नै होइन, ती क्षेत्रहरू नेपालकै भूमि हुन्। यसमा सरकार स्पष्ट छ र आफ्नो अडानमा प्रतिबद्ध छ।’