नीजि क्षेत्रलाई नडराउन अर्थमन्त्री वाग्लेको आश्वासन

नीजि क्षेत्रलाई नडराउन अर्थमन्त्री वाग्लेको आश्वासन
  • २१ बैशाख २०८३, सोमबार १८:४५

काठमाडौं– सरकारले एकपछि अर्को व्यवसायीलाई पक्राउ गरेपछि त्रासमा रहेको निजी क्षेत्रलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आश्वासन दिएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभामा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई नडराइ काम गर्न बताएका हुन् ।

mulpatra

उनले भने, ‘अनावश्यक ढंगले संशय हुनुपर्दैन । धरकपड हुन्छ भन्ने सोच्नु पर्दैन । अहिले नयाँ अनुसन्धान गरिएको होइन । अहिले पुराना अनुसन्धान जो राजनितीक प्रभावमा थन्क्याइएका थिए त्यसलाइ अनुसन्धान गरिएको हो । अनावश्यकरूपमा डराउनु पर्दैन ।’

तर, व्यवसायीको आवरणमा अपराधिक गतिविधि गरेको पाइएमा कारबाहि गरिने उनले बताए । इमान्दार भएर काम गरिरहेका व्यवसायीलाई सरकारसंग नडराइ काम गर्न उनले बताए ।

mulpatra mulpatra mulpatra

सरकारले अर्थतन्त्र वृद्विका लागि जुन लक्ष्य राखेको छ त्यसका लागि निजी क्षेत्रको साथ चाहिने उनले बताए । ‘देश बनाउन निजी क्षेत्र बिना हुँदैहुँदैन । त्यसका लागि यहाँहरूको साथ चाहिन्छ’, उनले भने ।

अहिले सरकारको बजेट लेखन भइरहेकाले चुनावका बेला ल्याईएको घोषणापत्रका बुँदाहरू पनि समेटिएको अर्थमन्त्री डा. वाग्लेले जानकारी दिए ।