एक साताभित्र मन्त्रालय ‘मर्जर’ गरिदै
काठमाडौं– संघीय सरकारका मन्त्रालय फुटाउने, मर्ज (गभ्ने) गर्ने विषयमा चर्चा भइरहँदा सोमबारको मन्त्रिपरिषद बैठकमा त्यस सम्बन्धी कुनै निर्णय भएन । सोमबार बिहान मन्त्रिपरिषदको बैठक बसेको थियो ।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्तिम पोखरेलले सञ्चारकर्मीलाई यस सम्बन्धी जानकारी दिएका हुन् ।
सोमबारको मन्त्रिपरिषदले बैठकले भारतसँग जिटुजी खरिद माध्यमबाट ६० हजार मेट्रिकटन यूरिया र २० हजार मेट्रिकटन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
![]() |
![]() |
![]() |
|---|



