निजामती सम्वद्ध ६ संगठनले दियो आन्दोलनको चेतावनी, तत्काल अधिकार पुनःस्थापित गर्न माग

निजामती सम्वद्ध ६ संगठनले दियो आन्दोलनको चेतावनी, तत्काल अधिकार पुनःस्थापित गर्न माग
  • २१ बैशाख २०८३, सोमबार २१:००

काठमाडौं । कर्मचारी संगठनले सरकारले अध्यादेशमार्फत निजामती सेवा ऐन, २०४९ संशोधन गरेकोप्रति गम्भीर आपत्ति जनाएका छन्। निजामती सेवासँग सम्बन्धित ६ वटा कर्मचारी संगठनले आज विज्ञप्ती निकाल्दै उक्त कुरा बताएका हुन् ।

mulpatra

संशोधनले कर्मचारीहरूको ट्रेड युनियन अधिकार कटौती गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन्।

संगठनहरुले आम पेसाकर्मीका हकहित, वृत्तिविकास र सेवा सुरक्षाको सुनिश्चितता गर्न राष्ट्रियस्तरका ट्रेड युनियनको रुपमा क्रियाशिल रहेको बताउँदै सरकारले संसद् छल्दै अध्यादेशमार्फत ऐन संशोधन गर्नु अनुचित भएको बताएका छन्।

mulpatra mulpatra mulpatra

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, श्रम सम्बन्धी अन्र्तराष्ट्रिय महासन्धीमा भएको संगठीत हुने अधिकार हनन भएको भन्दै संशोधनका केही व्यवस्थाले कर्मचारीहरूको संगठित हुने अधिकार कमजोर बनाएको, ट्रेड युनियन अधिकार सीमित पारेको र निजामती सेवामा स्वेच्छाचारिता बढाउने उद्देश्य देखिएकोले तत्काल अधिकार पुनःस्थापित गर्न माग गरेका छन् । मागहरु वेवास्ता गरिए कानूनी लडाईका साथै चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।