Close

Recent Posts

कांग्रेसकै क्रियाशिल सदस्य नभएका थापा कसरी बन्ने लोकतान्त्रिक व्यवसायी संघको अध्यक्ष

थापालाई पटक–पटक सदस्यता देखाउन चुनौती

कांग्रेसकै क्रियाशिल सदस्य नभएका थापा कसरी बन्ने लोकतान्त्रिक व्यवसायी संघको अध्यक्षथापालाई पटक–पटक सदस्यता देखाउन चुनौती
  • २२ बैशाख २०८३, मंगलवार १०:४८

काठमाडौं–नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष दिपक थापामाथि नेपाली कांग्रेस कै क्रियाशील सदस्य नरहेको आरोप सार्वजनिक भएको छ ।

mulpatra

गत वैशाख ९ वैदेशिक रोजगार व्यवसाय संघमा बसेको बैंठकमा नेपाली कांग्रेसको शुभेच्छुक म्यानपावर व्यवसायी तथा पुर्वअध्यक्ष बिमल ढकालले थापाको कांग्रेसको क्रियाशिल सदस्य नभएको आरोप लगाए ।

ढकालले थापानै उपस्थीति उक्त बैंठकमा पार्टी क्रियाशिल सदस्यता देखाउन पटक–पटक चेतावनी समेत दिए । ढकाल कांग्रेसका मनोनित सदस्य समेत हुन् ।

mulpatra mulpatra mulpatra

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा २०८१ सालमा आएका थिए । यस संघमा पार्टीकै क्रियाशिल सदस्यता नभएपनि अध्यक्ष कसरी भए भनेर प्रश्नपनि नेपाली कांग्रेसको शुभेच्छुक संस्थामै उठ्न थालेको छ ।

थापाले भने आफु नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष पार्टीकै क्रियाशिल सदस्य भएर भएको र विगतदेखि नै आफु कांग्रेसनिटक व्यवसायी नै भएर संघमा काम गदै आएको समेत स्पष्टीकरण दिए ।

उनले खोई आफुमाथि त्यो प्रश्न नि उठ्यो र यसका पछाडी बदनामसँगै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघमा समस्या सिर्जना गर्न खोजिएको बताए । उक्त आरोप सार्वजनिक भएसँगै राजनीतिक तथा वैदेशिक रोजगार क्षेत्रभित्र विभिन्न प्रतिक्रिया देखिन थालेका छन् ।

Image Source: © https://mulpatra.com

उनै थापाले वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिहं गुरुङलाई जोगाउन पैसा बाँडेको र केही संघकै सदस्यलाई डिमाण्डको प्रलोभन दिएको आरोप समेत व्यवसायीको छ । जसका कारण संघका अध्यक्ष गुरुले आफनो पद जोगाएका थिए ।

विशेषगरी, कांग्रेससँग आवद्ध शुभेच्छुक संस्थाको नेतृत्व गरिरहेका व्यक्तिको पार्टीकै औपचारिक सदस्यता नभएको भनाइले संगठनको वैधता र आन्तरिक प्रक्रिया माथि प्रश्न उठाएको छ ।

यद्यपि, यस विषयमा हालसम्म आधिकारिक पुष्टि भने भएको छैन। दिपक थापाको पक्षबाट स्पष्ट धारणा सार्वजनिक हुन बाँकी छ भने नेपाली कांग्रेसको आधिकारिक अभिलेख वा सम्बन्धित निकायबाट पनि औपचारिक प्रतिक्रिया आइसकेको छैन ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com