Close

Recent Posts

‘सुन अनि थुन’ भन्दै बैंकका सीईओ पाण्डे पक्राउप्रति बैंकिङ क्षेत्रका चार संगठनको आपत्ति

‘सुन अनि थुन’ भन्दै बैंकका सीईओ पाण्डे पक्राउप्रति बैंकिङ क्षेत्रका चार संगठनको आपत्ति
  • ३१ बैशाख २०८३, बिहीबार १४:१८

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा आपत्ति जनाउँदै बैंकिङ क्षेत्रका चारवटा छाता संगठनहरूले विज्ञप्ती मार्फत आपत्ति जनाएका छन् ।

mulpatra

बैंक वित्तीय तथा लघुवित्त संस्थाहरू बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी नीति निर्देशिका अधिनमा रही सञ्चालन भइरहेका वित्तीय संस्था भएको भन्दै ‘सुन अनि थुन’ को सिद्धान्तमा रही आवश्यक अनुसन्धान गर्न समेत आग्रह गरेको छ ।

विज्ञप्तीमा भनिएको छ ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा (५७) ले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा असुली नभएको अवस्थामा असुलीका लागि विशेष अधिकार दिएको र यो बैंकको प्राथमिक प्रक्रिया भित्र रहने र प्रमुख कार्यकारी अधिकृतको मूल दायित्व भित्र पर्दछ ।’

mulpatra mulpatra mulpatra

आम सर्वसाधारणको निक्षेप सङ्कलन गरी जन विश्वासमा चल्ने बैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारणबाट प्रमुख कार्यकारी अधिकृतको पक्राउले बैंकको साखमा नै गिरावट आउन सक्ने र बैंकको स्थायित्वमा नै आँच आउन सक्ने हुने भन्दै बाहिरै राखी अनुसन्धान प्रक्रिया अघि बढाइउन अपिल समेत गरेको छ ।