Close

Recent Posts

सरकारको नीति तथा कार्यक्रम पारित

सरकारको नीति तथा कार्यक्रम पारित
  • १ जेष्ठ २०८३, शुक्रबार ०७:४३

काठमाडौं । सरकारको ल्याएको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित भएको हो । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

mulpatra

राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरिरहँदा प्रधानमन्त्री बालेन शाह उठेर हिडेको विषयले सदनमा विपक्षीहरु विरोध जनाएका थिए । लगत्तै नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफमा प्रधानमन्त्री नआउने भएपछि विपक्षी दलहरूले संसद बैठक अवरोध तथा बहिष्कार गरेका थिए । तर बिहिबार बसेको प्रतिनिधिसभामा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णीम वाग्लेले जवाफ दिने तय पछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

प्रधानमन्त्री सदनमा उपस्थित हुने पर्ने र सदनमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग राखेर नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम स‌ंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेसका सांसदले उठेर बैठक अवरोध गरेका थिए ।

mulpatra mulpatra mulpatra

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम राष्ट्रियसभाको बैठकले समेत पारित गरिसकेको छ ।