आईसीसी विश्वकप लिग–२, नेपाल र अमेरिका भिड्दै
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दैछन् । त्रिवि क्रिकेट मैदानमा शुरु खेलमा टस हारेर नेपालले पहिले फिल्डिङ गर्दैछ ।

अमेरिकाका कप्तान सैतेजा मुक्कामल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । ईशान पाण्डेले नेपाली टोलीबाट डेब्यु गर्दै छन् । टोलीमा कुशल भुर्तेल समेत खेल्दैछन् ।
नेपाल, अमेरिका र स्कटल्यान्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्यान्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्यान्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।
![]() |
![]() |
![]() |
|---|
आईसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ ।
नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्यान्ड पहिलो स्थानमा छ । स्कटल्यान्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कुल ३८ अङ्क जोडेको छ ।



