अमेरिका विरुद्ध भुर्तेलको सतक सहित नेपालको सानदार जीत

अमेरिका विरुद्ध भुर्तेलको सतक सहित नेपालको सानदार जीत
  • २ जेष्ठ २०८३, शनिबार १६:०१

काठमाडौं । आज भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा अमेरिका विरुद्ध नेपालले ९ विकेटको जित निकालेको छ । ओपनर कुशल भुर्तेलले शतक पार गर्दै अविजित रहेपछि अमेरिका माथि जित निकाल्न सफल भएको छ ।

mulpatra

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले १९६ रनको लक्ष्य दिएको थियो । ओपनर द्वय कुशल भुर्तेल र आसिफ शेखले १४५ रनको साझेदारी गरेपछि नेपाल जित उन्मुख भएको थियो ।

आसिफ ५९ रनमा आउट भएपछि आएका इसान पाण्डेले २९ बलमा अविजित १६ रन बनाएपछि नेपाल ९ विकेटले विजयी भएको हो । ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे ।

mulpatra mulpatra mulpatra

टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटिएको थियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । नेपालले अब आफ्नो तेस्रो खेल सोमबार स्कटल्याण्डसँग खेल्नेछ ।