मौद्रिक नीति सार्वजनिक, शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम

मौद्रिक नीति सार्वजनिक, शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम
  • २ जेष्ठ २०८३, शनिबार १६:२५

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्ने घोषणा गरेको छ। केन्द्रीय बैंकले वित्तीय क्षेत्रमा तरलता पर्याप्त रहेको, ब्याजदर एकल अंकमा झरेको तथा आर्थिक गतिविधिमा क्रमिक सुधार देखिएकाले लगानी वातावरण सहज बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ।

mulpatra

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनासम्म औसत उपभोक्ता मुद्रास्फीति ४.५७ प्रतिशतमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५.९२ प्रतिशत थियो। २०८१ चैतमा वार्षिक बिन्दुगत मुद्रास्फीति ३.३९ प्रतिशतमा झरेको छ। खाद्यान्न समूहको मूल्यवृद्धि २.४५ प्रतिशत तथा गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.९० प्रतिशत रहेको छ।

बाह्य क्षेत्रमा पनि सकारात्मक संकेत देखिएको राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता २१० अर्ब २२ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर स्थिति ३४६ अर्ब २३ करोड रुपैयाँ बचतमा पुगेको छ। सोही अवधिमा वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भई १८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने आयात १२.२ प्रतिशतले बढेर १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

mulpatra mulpatra mulpatra

विप्रेषण आप्रवाह पनि वृद्धि भएको छ। समीक्षा अवधिमा विप्रेषण ७.३ प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। वैदेशिक रोजगारीका लागि करिब ६ लाख ८ हजार जनाले श्रम स्वीकृति लिएका छन् भने नौ महिनाको अवधिमा ९ लाख १५ हजार विदेशी पर्यटक नेपाल आएका छन्।

मौद्रिक तथा वित्तीय क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३६१ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। निक्षेप ५।७ प्रतिशतले बढेको छ भने वाणिज्य बैंकहरूको औसत आधारदर ८.५१ प्रतिशतबाट घटेर ६.२९ प्रतिशतमा झरेको छ। कर्जाको औसत ब्याजदर पनि १०.५५ प्रतिशतबाट घटेर ८.२२ प्रतिशतमा आएको छ।

यद्यपि, निष्क्रिय कर्जा अनुपात भने बढेको छ। २०८१ चैतसम्म बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात ५.२४ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ३.९८ प्रतिशत थियो। राष्ट्र बैंकले आर्थिक गतिविधिमा सुधारसँगै निष्क्रिय कर्जा व्यवस्थापन सहज हुँदै जाने अपेक्षा गरेको छ।

Image Source: © https://mulpatra.com

नीतिगत व्यवस्थाअन्तर्गत राष्ट्र बैंकले नीतिगत दर ५ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशत तथा बैंक दर ६.५ प्रतिशतमै यथावत राखेको छ। साथै, अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपातमा कुनै परिवर्तन गरिएको छैन।

राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थानको चरणमा रहेको उल्लेख गर्दै आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान गरेको छ। उत्पादनमूलक उद्योग, निर्माण, व्यापार तथा पर्यटन क्षेत्रमा सुधार देखिन थालेको तथा लगानी वातावरण थप सकारात्मक बन्दै गएको केन्द्रीय बैंकको निष्कर्ष छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com