Close

Recent Posts

आज ३३ औं मदन–आश्रित दिवसः लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि जिम्मेवार हुन एमाले पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्या भण्डारीको आग्रह

  • ३ जेष्ठ २०८३, आईतवार ०७:४८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित को ३३ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

mulpatra

यस अवसरमा एमालेले मदननगर बल्खुमा स्मृति सभा तथा गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठी आयोजना गरेको छ । साथै विभिन्न जिल्लामा विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर तथा अस्पतालका बिरामीलाई फलफूल वितरणलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् ।

यसैबीच एमालेकी पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले मदन–आश्रितले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन् ।

mulpatra mulpatra mulpatra

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सबै पक्ष अझ जिम्मेवार र संवेदनशील भएर अघि बढ्नुपर्ने उल्लेख गरेकी छन् ।

उनले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद ९जबज०’ ले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

भण्डारीले वर्तमान चुनौतीहरूको सामना गर्न सुदृढ सांगठनिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण आवश्यक रहेको उल्लेख गर्दै पार्टी र जनता बीचको सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा जोड दिएकी छन् ।

Image Source: © https://mulpatra.com

त्यस्तै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले मदन भण्डारीलाई युगद्रष्टा नेताका रूपमा स्मरण गरेका छन् । उनले जनताको बहुदलीय जनवादको वैचारिक विरासतले आज पनि जनताको पक्षमा दृढ भएर उभिन प्रेरणा दिइरहेको बताएका छन् ।

वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो । उक्त घटनालाई एमालेले रहस्यमय दुर्घटनाका रूपमा व्याख्या गर्दै आएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com