Close

Recent Posts

आज ३३ औं मदन–आश्रित दिवसः लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि जिम्मेवार हुन एमाले पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्या भण्डारीको आग्रह

आज ३३ औं मदन–आश्रित दिवसः लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि जिम्मेवार हुन एमाले पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्या भण्डारीको आग्रह

मलेसिया जाने कामदारसँग ३ लाख असुल्ने ग्रान्ड स्विट जब म्यानपावरका कर्मचारी पक्राउ

मलेसिया जाने कामदारसँग ३ लाख असुल्ने ग्रान्ड स्विट जब म्यानपावरका कर्मचारी पक्राउ
  • ३ जेष्ठ २०८३, आईतवार ०८:३९

काठमाडौं । मलेसिया जाने नेपाली कामदारसँग गैरकानुनी रूपमा ३ लाख रुपैयाँ असुल्न खोजेको आरोपमा कोटेश्वरस्थित ग्रान्ड स्विट जब म्यानपावरका एक कर्मचारी पक्राउ परेका छन् ।

mulpatra

सेक्युरिटी गार्डका लागि मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवसँग ३ लाख असुल्न खोजेपछि श्रम मन्त्रालय र प्रहरीको नेतृत्वमा म्यानपावरका कर्मचारी पक्राउ परेका हुन् ।

सेक्युरिटी गार्डका लागि मलेसिया जान सुरुमा फ्रि भिसा भनेपनि भिसा लागिसकेपछि ३ लाख १० मागेको आरोप म्यानपावर माथि लागेको छ । झापा सरकारको ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिअनुसार बढीमा १० हजार रुपैयाँ मात्र खर्च लाग्नुपर्ने भए पनि म्यानपावर कम्पनीले उनीसँग ३ लाख १० हजार रुपैयाँ मागेको थियो ।

mulpatra mulpatra mulpatra

पीडित यादवले ७० हजार रुपैयाँ पहिल्यै नै बुझाइसके पनि बाँकी २ लाख ३० हजार रुपैयाँ नतिरेसम्म राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै म्यानपावरले कागजात रोकेको थियो । शनिबार बिहान म्यानपावरका कर्मचारीले यादवलाई तीनकुनेस्थित गैरीगाउँमा पैसा लिएर आउन फोनमार्फत बोलाए पछि उनले मत्रालयमा सम्पर्क गरेका थिए ।

मन्त्रालयले तत्काल कारवाही अघि बढाएपछि म्यानपावरका कर्मचारीलाई तीनकुनेबाट पक्राउ गर्न सफल भएको हो । प्रहरीले पक्राउ परेका कर्मचारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाएको छ । उनीसँगबाट ४ वटा राहदानी, हवाई टिकट तथा अन्य कागजात बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीसमक्ष प्रारम्भिक बयानका क्रममा ती कर्मचारीले ‘फ्रि भिसा, फ्रि टिकट’ व्यवस्था लागू भएको अवस्थामा पनि ३ लाख रुपैयाँ मागिएको स्वीकार गरेका थिए ।

Image Source: © https://mulpatra.com

श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा समस्या परेमा मन्त्रालय वा सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ । पक्राउ परेका कर्मचारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com