आफू नेपाली रगत भएको भारतका केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाको दाबी

आफू नेपाली रगत भएको भारतका केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाको दाबी
  • ३ जेष्ठ २०८३, आईतवार १०:२१

काठमाडौ– भारतको सञ्चार तथा उत्तर पूर्वी विकासमन्त्री ज्योतिरादित्य सिन्धियाले पहिलोपटक आफू नेपाली रगत भएको भन्दै नेपालसँगको आफ्नो नाताबारेमा खुलेर बोलेका छन् । उनी नेपालको राणा परिवारका नाति हुन् ।

mulpatra

सिक्कम देश भारतमा विलय भएर त्यहाँको प्रान्त बनेको ५१ वर्ष पुगेको अवसरमा शनिवार गान्टोकमा आयोजित कार्यक्रममा नेपालीमा भाषण गरेका सिन्धियाले आफू नेपाली रगत भएको बताए ।

भारतको ग्वालियरकी महारानी राजमाताका नाति ज्योरादित्यले आफ्नी आमा नेपाली भएको, हजुरआमाकी आमा पनि नेपाली नै भएको र आफ्नी पत्नी पनि नेपाली आमाकै छोरी भएको भन्दै आफ्नो घरमा चारैतिरबाट नेपाली प्रभाव रहेको बताए ।

mulpatra mulpatra mulpatra

धेरैलाई थाहा नहुन सक्छ, नरेन्द्र मोदी सरकारका प्रभावशाली मन्त्री ज्योतिरादित्य सिन्धिया राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शम्सेर जबराका भदाहा साला हुन् । अर्थात पशुपति शम्सेरको ससुराली सिन्धिया परिवार हो ।

पशुपतिकी पत्नी उषाराजे सिन्धिया ज्योरादित्यकी फुपू हुन् । उनका अरु दुई फुपू बसुन्धरा र यशोधरा भारतको राजनीतिमा स्थापित महिला नेता हुन् भने बुबा स्वर्गीय माधवराव सिन्धिया भारतीय कांग्रेसका बरिष्ठ नेता थिए ।

उनी हेलिकोप्टर दुर्घटामा मारिएका थिए भने आमा माधवीराव सिन्धिया जुद्ध शम्सेरकी नातिनी थिइन्,उनको पनि २ वर्षअघि निधन भएको थियो ।

Image Source: © https://mulpatra.com

ज्योतिरादित्यकी अर्की फुपू पद्मराजे सिन्धिया राप्रपा नेता धवल शम्शेर जबराकी सासू हुन् ।

ज्योतिरादित्यकी पत्नी प्रियदर्शिनी राजे गायकवाड बरोडाकी महारानी आशाराज्यलक्ष्मी गायकवाडकी छोरी हुन् । आशा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्र शम्सेरकी नातिनी हुन् । उनी कांग्रेस नेता उदयशम्सेर जबरा र राजीवविक्रम शाहकी सानिमा हुन् । त्यसैले ज्योतिरादित्यले आफू नेपाली आमाको छोरा,सासू पनि नेपाली र हजुरआमा पनि नेपाली भएको बताएका हुन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com