शुक्रबार सुन्धारा कारागारबाट कसरी भागिन महिलाकैदी
केन्द्रीय कारागार सुन्धाराबाट महिला कैदीबन्दी फरार भएकी छन्। शुक्रबार राति महिला बन्दी गृहमा कैद भुक्तान गरिरहेकी नुवाकोटको विदुर नगरपालिका १३ की २५ वर्षकी सपना तामाङ पर्खाल नाघेर फरार भएको कारागारका जेलर कृष्ण चापागाईँले बताए ।

शुक्रबार राति १ बजेतिरै उनी कारागारको बाहिरी पर्खाल नाघेर फरार भए पनि शुक्रबार अपरान्ह कैदीबन्दी गणना गर्ने बेलामा मात्रै एक जना संख्या कम भएको पत्ता लागेको थियो ।
सपना फरार भएको कारागार प्रशासनले भने १५ घण्टा पछि मात्रै थाहा पाएको थियो । अपहरण, शरीरबन्धक, कर्तव्य ज्यान र डाँकाचोरीको मुद्दामा अदालतले दोषी ठहर गर्दै जन्म कैद सुनाएको थियो ।
![]() |
![]() |
![]() |
|---|
यी कसुरमा उनी २०७७ पुस १६ गते पक्राउ परेकी थिइन् । फागुन ४ गते उनलाई केन्द्रीय कारागार सुन्धारा ल्याइएको थियो । तर शुक्रबार राति नै फरार भएको खुलेको छ ।
सपना चारवटा कसुरमा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भइ जन्मकैद भुक्तान गरिरहेकी थिइन् ।
त्यसपछि कारागार प्रशासनले गेटका सुरक्षाकर्मीलाई यसबारे सोधखोज गरेको थियो । तर कोही पनि कैदीबन्दी बाहिरिएको त्यहाँ पनि रेकर्ड फेला नपरेपछि सीसीटीभी हेरिएको थियो। जसमा उनी पर्खाल नाघेर भागेको देखिएको छ ।
Image Source: © https://mulpatra.com
कारागारका सुरक्षाका लागि डीएसपीको कमाण्डमा नेपाली प्रहरीको टोली छ । सपना भागेको विषयमा कारागार प्रशासनले पनि आन्तरिक छानबिन गरिरहेको जनाएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



