Close

Recent Posts

रिभेरामा उत्कृष्ट नतिजा सहित एसइईमा २ जनाले पाए ४ जिपिए

रिभेरामा उत्कृष्ट नतिजा सहित एसइईमा २ जनाले पाए ४ जिपिए
  • ३ जेष्ठ २०८३, आईतवार १९:५६

काठमाडौँ– चाबहिल मैजुबहाल स्थित रिभेरा इन्टरनेसनल एकेडेमीले एसईई (SEE) मा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने सबै विद्याथीलाई अभिनन्दन गरेको छ । विद्यालयले एसईईमा उत्कृष्ट नतिजाको निरन्तरता दिन सफल भएको छ । गत साता सार्वजनिक भएको नतिजामा ४ जिपिए सहित सबै विद्यार्थीले उत्कृष्ट अंक ल्याउन सफल भएका छन् ।

mulpatra

एसईई मा समावेश ६६ जना विद्यार्थीहरु मध्ये २ जनाले ४ जिपिए ल्याए भने ३.६० देखि ४.० जिपिए ल्याउने विद्यार्थीको संख्या ६३ जना रहेको छ । तीन जनाले भने ३.२० देखि ३.६० जिपिए ल्याएका छन् । यसरी उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने विद्यार्थीहरुलाई अभिभावक सहितको उपस्थितिमा आज विद्यालयले अभिनन्दन कार्यक्रम सम्पन्न गरेको हो ।

अभिनन्द कार्यक्रम विद्यालय ब्यबस्थापन समिति अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो । विशिष्ट अतिथि उपत्यका सशस्त्र प्रहरी प्रमुख (डिआजी) श्री सुरेश कुमार श्रेष्ठ, र नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सिइओ श्री सन्तोष कोइराला रहनु भएको थियो । विद्यालयका प्रिन्सीपल प्रज्वल कोइराला र व्यवस्थापन समिति सदस्य प्रकाश ढुंगेलको आतिथ्यमा भएको कार्यक्रमको सन्चालन राम निरौलाले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीका तर्फबाट ४ जिपिए ल्याएर एसईई उत्तिर्ढा उमंग कुइकेल र छात्रा सुमिरन धमलाले विद्यालयका आफ्ना अनुभव र सफलतामा विद्यालयको भूमिका बारेमा कुरा राखेका थिए ।
त्यसैगरि अभिभावकको तर्फबाट सन्दिप अधिकारी र मीना तामाङले मन्तव्य राख्दै विद्यार्थीको नतिजामा विद्यालयको भुमिका बारेमा समेत कुरा राखेका थिए ।

mulpatra mulpatra mulpatra

अभिनन्द कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रिन्सीपल प्रज्वल कोइरालाले विद्यार्थी र विद्यालयले गरेको उत्कृष्ट उपलब्धिका पछि समर्पण, निरन्तर मेहनत र धैर्यपूर्ण यात्राको प्रतिफल रहेको बताएका छन् ।

विद्यार्थी, अभिभावक र विद्यालय सबै मिलेर उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको भन्दै कोइरालाले निरन्तर सिकाइमा प्रतिबद्ध विद्यार्थीहरू, सहयोगी अभिभावकहरू तथा समग्र र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले गरेको अथक प्रयासबीचको सुदृढ सहकार्यको प्रतिफल रहेको समेत बताएका छन् ।

साथै प्रत्येक विद्यार्थीले साहस, बुद्धिमत्ता र दृढ संकल्पका साथ अगाडि बढ्दै जीवनमा अझ ठूलो सफलता हासिल गर्न सकोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com