ग्लोबल क्वालिफायरमा छनोट हुन आज नेपाललाई जित्नै पर्ने दबाब
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग महत्वपूर्ण खेल खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा बिहान साढे ९ बजे सुरु हुने खेल नेपालका लागि ‘गर या मर’ को अवस्थाजस्तै बनेको छ ।

विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई अब बाँकी खेलहरूमा लगातार जित निकाल्नुपर्ने दबाब छ । त्यसैले आज स्कटल्याण्डविरुद्धको खेल नेपाली टोलीका लागि अत्यन्त निर्णायक मानिएको छ ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीच जारी त्रिकोणात्मक शृङ्खलामा हालसम्म तीन खेल सम्पन्न भइसकेका छन् । स्कटल्याण्डले आफ्ना दुवै खेल जित्दै उत्कृष्ट लय कायम राखेको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ–लुइस–स्टर्न ९डीएलएस० नियमका आधारमा दुई रनले पराजित गरेको थियो । त्यसपछि अमेरिकालाई पनि सोही नियमका आधारमा दुई रनले नै हराएको थियो ।
![]() |
![]() |
![]() |
|---|
यद्यपि नेपालले आफ्नो पछिल्लो खेलमा अमेरिकालाई नौ विकेटले पराजित गर्दै आत्मविश्वास फर्काएको छ । अब घरेलु मैदानमा स्कटल्याण्डलाई हराउँदै अङ्क तालिकामा सुधार गर्ने लक्ष्य नेपालसामु रहेको छ ।
हाल आईसीसी विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपालले २६ खेलमध्ये नौमा जित, १५ मा हार तथा दुई खेलमा नतिजाविहीन रहँदै २० अङ्क जोडेको छ । एकदिवसीय मान्यता जोगाउन नेपाल शीर्ष ६ भित्र रहनुपर्ने अवस्था छ भने ग्लोबल क्वालिफायर पुग्न बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन अनिवार्य देखिएको छ ।
उता स्कटल्याण्ड भने तालिकाको शीर्ष स्थानमा मजबुत अवस्थामा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार तथा छ खेलमा नतिजाविहीन रहँदै ३८ अङ्क बनाएको छ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको स्कटल्याण्डविरुद्ध नेपाललाई जित निकाल्न ठूलो चुनौती रहनेछ ।
Image Source: © https://mulpatra.com
घरेलु समर्थकको साथ, पछिल्लो खेलको आत्मविश्वास र दबाबबीच नेपाल आज मैदान उत्रिँदैछ । नेपाली समर्थकहरू पनि राष्ट्रिय टोलीले महत्वपूर्ण खेलमा जित निकाल्दै विश्वकप यात्राको आशा जीवित राख्ने दाउमा छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



