एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज दिनको १ बजे बस्दै छ । शनिवारका लागि तय गरिएको बैठक कार्यव्यस्तता देखाउँदै सरे पछि आज बस्ने भएको हो । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली गुण्डुमा बस्नेछ ।

लामो समय पछि बस्न लागेको सचिवालय बैठकमा नेताहरुको कार्यविभाजन बारे छलफल हुनेछ । प्रतिनिधिसभाको निर्वाचन पछि ओली हिरासतमा रहेका कारण सहभागी हुन सकेका थिएनन् । जेनजी आन्दोलनमा भएको दमनको आरोपमा उनलाई हिरासतमा राखिएको थियो ।
जेन्जी आन्दोलन र निर्वाचन परिणाम पछि नेतृत्व फेर्न एमालेभित्र शक्ति संघर्ष चुलिएको छ । ओली हिरासतमा परेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका रामबहादुर बादललाई संसदीय दलको नेता बनाएको कतिपय सचिवालयकै सदस्यलाई मन परेको छैन ।
![]() |
![]() |
![]() |
|---|
हिरासतबाट छुटेलगत्तै पथरीको शल्यक्रिया गरि स्वास्थ्यउपचार गरिरहेका ओलीको विकल्प खोज्न उनै नजिकका केही नेताहरु लागेको गाइँगुई चलेपछि एमाले वृत्तमा हल्लीखल्ली मच्चिएको थियो । पार्टीको हार, अध्यक्षले छोड्नुपर्ने चौतर्फी दबाबका बीच आज बस्ने सचिवालय बैठकले नेताहरूको कार्यविभाजन, सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असर लगायतका बारेमा छलफल हुने जनाइएको छ ।



