संसद्मा फेरि दोहोरियो लाखौँ रुपैयाँ खर्चको प्रवृत्ति
काठमाडौं– ‘संसद्को बैठक सञ्चालन गर्न लाखौँ रुपैयाँ खर्च हुन्छ। यहाँ थिति बसाल्ने बहसहरू बेसमरी चल्छ। म आश्चर्य चकित भएको छु, यो चार महिना ।

गत २९ गतेको बैठकमा बिहान हाजिर गर्नेको सङ्ख्या १६२ । साँझ जम्मा ६१ जना । गजब लाग्यो, गजब लाग्यो र यसलाई चलनचल्तीको भाषामा हाजिर गरेर टाप कस्ने भन्दो रहेछ। हाटा भन्दो रहेछ। सदनमा यस्तो हाटा नचल्दे हुन्थ्यो भन्ने मेरो आग्रह ।’
यो अभिव्यक्ति तीन वर्षअघि २०८० वैशाख ३ गते आइतबार प्रतिनिधिसभा बैठकमा सांसद हरि ढकालले दिएका हुन् ।
![]() |
![]() |
![]() |
|---|
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको हैसियतमा व्यापक परिवर्तन आयो, तर संसदको बैठकमा बस्नुपर्छ भन्ने सांसदहरुको ध्यान भने पुगेको देखिँदैन ।
गत वैशाख २८ गतेबाट संसदको अधिवेशन सुरु भएको हो । सुरुको केही दिन सांसदहरु उपस्थित हुने र बैठक अवधिभर बस्ने गरेको देखिएको थियो ।
तर, केही दिनपछि नै सांसदहरु सकभर बैठकमै सहभागी नहुने, भइहाले पनि चाँडै निस्कने गरेका छन् । जसकारण बैठक कक्षका कुर्सी खाली देखिन थालेका छन् ।
Image Source: © https://mulpatra.com
सोमबार (जेठ ४) प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको सामान्य छलफल र आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल हुने कार्यसूची छ । तर, बैठक कक्षका अधिकांश कुर्सी खाली देखिएको छ ।
संसद्मा महत्त्वपूर्ण विषयमा छलफल हुने कार्यसूची भए पनि सांसदहरु बैठकमै नआउने, आए पनि हाजिर गरेर जाने अर्थात हाजिर गरेर टाप कस्ने (हाटा) प्रवृत्ति मौजुदा प्रतिनिधिसभा बैठकमा पनि देखिन थालेको छ ।
तत्कालीन प्रतिनिधिसभाको चौथो शक्ति रास्वपा अहिले सबैभन्दा ठूलो दलको हैसियतमा छ । मौजुदा प्रतिनिधिसभामा रास्वपाको १८२ सांसद (सभामुखसहित) छन् भने कांग्रेसको ३८, एमालेको २५, नेकपाको १७, श्रम संस्कृतिको ७ (उपसभामुखसहित), राप्रपाको ४ र स्वतन्त सांसद १ जना छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



