Close

Recent Posts

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

एकसे एक पुगे विश्वकप अन्तिम–१६ मा बलिया यी टिमबीच हुँदै छ कडा प्रतिस्पर्धा,

एकसे एक पुगे विश्वकप अन्तिम–१६ मा बलिया यी टिमबीच हुँदै छ कडा प्रतिस्पर्धा,
  • १९ असार २०८३, शुक्रबार १४:५३

काठमाडौं– फिफा विश्वकप २०२६ को नकआउट चरण थप रोमाञ्चक बन्दै गएको छ। राउन्ड अफ ३२ का अधिकांश खेल सम्पन्न भएसँगै अन्तिम–१६ को समीकरण लगभग पूरा भएको छ । पोर्चुगल, स्पेन, बेल्जियम र स्विट्जरल्यान्डले पनि अन्तिम–१६ मा स्थान सुरक्षित गरेपछि उपाधि दौड झन् रोचक बनेको छ ।

mulpatra

बिहीबार भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम–१६ मा प्रवेश गरेको हो । कप्तान क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसको गोलमा पोर्चुगलले रोमाञ्चक जित निकाल्यो । यस्तै, स्पेनले अस्ट्रियामाथि ३–० को एकतर्फी जित निकाल्दै सहज रूपमा अघिल्लो चरणमा स्थान बनायो ।

यसअघि बेल्जियमले सेनेगलविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै ३–२ को जित दर्ता गरेको थियो । खेलको ८६औँ मिनेटसम्म पछि परेको बेल्जियमका लागि रोमेलु लुकाकुले दुई गोल गरे भने कप्तान युरी टिलेमान्सले अतिरिक्त समयको अन्तिम क्षण, १२४ मिनेट ४४ सेकेन्डमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई अन्तिम–१६ पुर्‍याए । उक्त गोल विश्वकप इतिहासमै सबैभन्दा ढिलो समयमा भएको गोलका रूपमा कीर्तिमान बनेको छ । अब बेल्जियमले अन्तिम–१६ मा सह–आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

mulpatra mulpatra mulpatra

राउन्ड अफ ३२ मा जर्मनी र नेदरल्यान्ड्सजस्ता बलिया टोली भने पेनाल्टी सुटआउटमा क्रमशः पाराग्वे र मोरक्कोसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन्।

जुलाई ३ सम्म क्यानडा, मोरक्को, पाराग्वे, फ्रान्स, ब्राजिल, नर्वे, मेक्सिको, इंग्ल्यान्ड, अमेरिका, स्पेन, पोर्चुगल, बेल्जियम र स्विट्जरल्यान्ड गरी १३ टोलीले अन्तिम–१६ मा स्थान सुरक्षित गरिसकेका छन्। बाँकी तीन टोलीको टुंगो जारी खेलपछि लाग्नेछ।

अन्तिम–१६ को खेल तालिका

Image Source: © https://mulpatra.com

अन्तिम–१६ मा जुलाई ४ मा क्यानडा र मोरक्को भिड्नेछन् भने जुलाई ५ मा पाराग्वेले फ्रान्सको सामना गर्नेछ। जुलाई ६ मा ब्राजिल र नर्वे तथा मेक्सिको र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। जुलाई ७ मा सबैभन्दा प्रतीक्षित खेलका रूपमा पोर्चुगल र स्पेन आमनेसामने हुनेछन् भने अमेरिका र बेल्जियमबीच पनि प्रतिस्पर्धा हुनेछ । त्यस्तै अर्जेन्टिना वा केप भर्डेले अस्ट्रेलिया वा इजिप्टसँग खेल्नेछ। जुलाई ८ मा स्विट्जरल्यान्डले कोलम्बिया वा घानाको सामना गर्ने तालिका छ ।

जुलाई ४ः क्यानडा × मोरक्को

जुलाई ५ः पाराग्वे × फ्रान्स

जुलाई ६ः ब्राजिल × नर्वे

जुलाई ६ः मेक्सिको × इंग्ल्यान्ड

जुलाई ७ः पोर्चुगल × स्पेन

जुलाई ७ः अमेरिका × बेल्जियम

जुलाई ७ः अर्जेन्टिना/केप भर्डे × अस्ट्रेलिया/इजिप्ट

जुलाई ८ः स्विट्जरल्यान्ड × कोलम्बिया/घाना

विश्वकपका क्वार्टरफाइनल खेलहरू जुलाई १० देखि १२ सम्म फक्सबरो, इङ्गलउड, मियामी गार्डेन्स र क्यान्सस सिटीमा आयोजना हुनेछन् । हालसम्म सम्पन्न राउन्ड अफ ३२ का खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई, ब्राजिलले जापानलाई, पाराग्वेले जर्मनीलाई, मोरक्कोले नेदरल्यान्ड्सलाई, नर्वेले आइभरी कोस्टलाई, फ्रान्सले स्विडेनलाई, मेक्सिकोले इक्वेडरलाई, इंग्ल्यान्डले कंगो डीआरलाई, बेल्जियमले सेनेगललाई, अमेरिकाले बोस्निया–हर्जेगोभिनालाई, स्पेनले अस्ट्रियालाई, पोर्चुगलले क्रोएसियालाई तथा स्विट्जरल्यान्डले अल्जेरियालाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका छन् ।

अस्ट्रेलिया–इजिप्ट, अर्जेन्टिना–केप भर्डे र कोलम्बिया–घानाबीचका खेल हुन भने अझै बाँकी छन्।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com