Close

Recent Posts

प्रस्तावित प्रधानन्यायाधीश शर्मा माथिको संसदीय सुनुवाई सुरुहुँदै

प्रस्तावित प्रधानन्यायाधीश शर्मा माथिको संसदीय सुनुवाई सुरुहुँदै
  • ५ जेष्ठ २०८३, मंगलवार ०७:३४

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइ आजबाट शुरु हुने भएको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा मनोज शर्मा लाई सिफारिस गरेपछि उनका विरुद्ध उजुरी गर्ने समय तोकेको थियो ।

mulpatra

उजुरी आह्वान गरिएको १० दिन पुरा भएकाले संसदीय सुनुवाई समितिको बैठक बसेर उक्त उजुरीहरुको अध्ययन गरिने समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।

शर्माका विरुद्ध परेका उजुरीहरु खोलेर समितिका सांसदहरुलाई वितरण गरिने र समितिले उजुरी कर्तासँग छलफल समेत गर्न सक्नेछ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग सुनुवाइ चल्ने र प्रक्रिया पुरा गरेपछि राष्ट्रपतिकहाँ नियुक्तका लागि सिफारिस हुनेछ ।

mulpatra mulpatra mulpatra

वरियता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेपछि त्यसका विरुद्ध सर्वोच्चमा दिनेश त्रिपाठीलगायतकाहरुले रिट दर्ता गर्न खोज्दा दरपिठ गरेपछि सर्वोच्च समेत उक्त निर्णयमा बाँडिएको छ । हिजो का.म.प्रधानन्यायाधीश सपना प्रधान मल्लले रिट दर्ता गर्न आदेश गरेपछि कर्मचारीहरु विदामा बसेर रिट दर्ता हुन सकेन ।

यता सर्वोच्चका विषयमा सदनमा रास्वपाका सांसदहरुले कुरा उठाएपछि नेपाल बार एसोसिएसनले त्यसका विरोधमा आज लालटिन जुलुस गर्ने भएको छ ।