Close

Recent Posts

वैदेशिक रोजगारीका समस्याप्रति सरकार पुर्ण रुपमा चनाखो छ: श्रम मन्त्री यादव

वैदेशिक रोजगारीका समस्याप्रति सरकार पुर्ण रुपमा चनाखो छ: श्रम मन्त्री यादव
  • ६ जेष्ठ २०८३, बुधबार १३:१५

सरकार वैदेशिक रोजगारीका समस्याप्रति पूर्ण रूपमा चनाखो रहेको युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बताएका छन् । उनले यस क्षेत्र सुधार्न व्यवहारमा अझै धेरै आवश्यक रहेको बताए ।

mulpatra

कामदार ठगी, उच्च लागत, सम्झौताअनुसार सेवा–सुविधा नपाउने, म्यानपावर अनुगमनमा कमजोरी, उद्धार र न्याय प्रक्रियामा ढिलाइ जस्ता समस्या अझै कायम छन् ।

यसका लागि सरकार चनाखो रहेको युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादलले आज संसदमा जवाफ दिएका छन् ।

mulpatra mulpatra mulpatra

वैदेशिक रोजगारी क्षेत्र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सरकार केवल अनुगमन र छापामुखी नभई नीतिगत सुधार, पारदर्शी श्रम सम्झौता, न्यूनतम तलब सुनिश्चितता र कामदारमैत्री प्रणाली निर्माणतर्फ गम्भीर भएको समेत बताएका थिए ।

युवालाई स्वदेशमै टिकाउने खालको पर्याप्त रोजगारी अझै सिर्जना हुन नसक्दा ठूलो संख्या वैदेशिक रोजगारीतर्फ जान बाध्य भइरहेको अवस्था छ । यसका लागि पनि श्रम मन्त्रालयले काम गरिरहेको श्रम मन्त्री यादवले संसद्मा बोल्दै सरकारका योजना व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनु अहिलेको मुख्य आवश्यकता बनेको बताएका थिए ।