अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युआनको बलियो पुनरागमन
काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर बन्दै जाँदा चिनियाँ मुद्रा ‘युआन’को मूल्य विगत तीन वर्षयताकै सबैभन्दा बलियो अवस्थामा पुगेको छ।

दुई हप्ताअघि बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनपिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच भएको ऐतिहासिक शिखर वार्ताको प्रभाव र हालै इरान युद्ध अन्त्य हुने आशाका कारण डलरको तुलनामा चिनियाँ युआनको क्रयशक्ति (भ्यालु) बलियो भएको हो।
मध्यपूर्वमा कूटनीतिक सुधारको सङ्केत र रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ पुनः खुल्न सक्ने अपेक्षाले चिनियाँ मुद्रालाई थप मजबुत बनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
चीनको बलियो निर्यात र ठूलो व्यापार बचतका कारण यो वर्ष युआन डलरको तुलनामा करिब ३ प्रतिशतले बढिसकेको छ ।
स्ट्रेट अफ हर्मुज वारपारको ढुवानीलाई पूर्ण रूपमा पुरानै अवस्थामा फर्काउन गाह्रो भए पनि आंशिक सुधार मात्र हुँदा पनि त्यसले वित्तीय बजारमा सकारात्मक ऊर्जा थपेको विश्लेषण गरिएको छ ।
चिनियाँ केन्द्रीय बैंक ‘द पिपुल्स बैंक अफ चाइना’ ले आज (सोमबार) प्रतिडलर ६.८३१८ युआनको विन्दु तोकेपछि अनशोर र अफशोर दुवै बजारमा युआन बलियो बनेको हो ।
Image Source: © https://mulpatra.com
अन्तर्राष्ट्रिय बजारमा डलर सस्तो हुँदै जाँदा आज चिनियाँ युआन प्रतिडलर ६.७८ को आसपासमा कारोबार भइरहेको छ । यसको अर्थ पहिले १ डलर किन्न ७.३० युआनसम्म तिर्नुपर्नेमा अब ६.७८ युआन मात्र तिरे पुग्छ, जुन फेब्रुअरी २०२३ यताकै सबैभन्दा बलियो विन्दु हो ।
दुई हप्ताअघि बेइजिङमा भएको शिखर वार्तापछि राष्ट्रपति सी चिनपिङले अमेरिकासँगको सम्बन्धमा नयाँ आयाम थपिएको बताएका थिए। दुवै नेता आगामी तीन वर्ष र त्यसपछिका लागि द्विपक्षीय सम्बन्धलाई रणनीतिक रूपमा स्थिर र रचनात्मक बनाउन सहमत भएका थिए ।
लगानीकर्ताहरूले सो वार्ताबाट ठूलै चमत्कारको अपेक्षा नगरे पनि अमेरिका–चीन व्यापार महसुल (ट्यारिफ) युद्ध थप नचर्किने र स्थिरता कायम हुनेमा ढुक्क देखिएका थिए ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



