राष्ट्रपतिले अस्वीकार गरे प्रधानमन्त्री प्रस्ताव
काठमाडौं– जेठ १५ गते आयोजना गरिने गणतन्त्र दिवसका अवसरमा मूल समारोह समितिको अध्यक्षका हैसियतले प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्नुपर्ने हो । तर, उक्त दिन उनले सम्बोधन नगर्ने भएका छन् र सम्बोधनका निम्ति मन्त्रिपरिषद्बाट निर्णय नै गरेर राष्ट्रपतिलाई आग्रह गरिएको छ ।

राष्ट्रपति कार्यालयले नेपाल सरकारको निर्णयलाई स्वीकार गर्ने भएको छ । नेपाल प्रेसले उक्त कार्यालयका एक उच्च अधिकारीलाई सम्पर्क गर्दा उनले ७ दिन पहिले प्रधानमन्त्रीको सचिवालयका केही व्यक्तिले राष्ट्रपतिको सचिवालयका व्यक्तिहरुलाई भेटेरै गणतन्त्र दिवसका दिन सम्बोधन गरिदिन आग्रह गरेको सुनाए ।
‘गणतन्त्रको प्रतीक’ भएका कारण प्रधानमन्त्रीले भन्दा राष्ट्रपतिले सम्बोधन गर्नु उपयुक्त हुने उनीहरुको तर्क थियो । राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश भन्दै सचिवालयका कर्मचारीले भनेका थिए, ‘गणतन्त्र प्राप्तिकालदेखिको अभ्यास र प्रचलनलाई बदल्ने कुरा मौखिक आग्रहमा हुँदैन ।’
![]() |
![]() |
![]() |
|---|
प्रधानमन्त्रीका प्रतिनिधिहरु ‘कानुनी परामर्श गरेर फेरि हामी आउँछौँ’ भन्दै ७ दिन पहिले राष्ट्रपतिको सचिवालयबाट बिदा भएका थिए ।



