Close

Recent Posts

बजेट थग्ने रेमिट्यान्स भित्रिन्छः बजेट निर्माण र छलफलमा श्रम मन्त्रीबाटै म्यानपावरलाई गरिन्छ उपेक्षा

बजेट थग्ने रेमिट्यान्स भित्रिन्छः बजेट निर्माण र छलफलमा श्रम मन्त्रीबाटै म्यानपावरलाई गरिन्छ उपेक्षा

विपक्षीलाई सभामुखको आश्वासन– तपाईँहरूको माग जायज छ, प्रधानमन्त्रीले छिट्टै सदनमा जवाफ दिनुहुन्छ

विपक्षीलाई सभामुखको आश्वासन– तपाईँहरूको माग जायज छ, प्रधानमन्त्रीले छिट्टै सदनमा जवाफ दिनुहुन्छ
  • १२ जेष्ठ २०८३, मंगलवार १५:१२

काठमाडौं– सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित भएर छिट्टै जवाफ दिने तयारी गरिरहेको बताएका छन् । प्रतिनिधिसभामा विपक्षी दलले प्रधानमन्त्री खोज्दै आफूले निरन्तर संवाद गरिरहेको बताए ।

mulpatra

उनले भने, ‘संसद्मा उठेको प्रधानमन्त्री सदनमा उपस्थित हुनुप¥योयो भन्ने कुरा अत्यन्तै जायज छ, संविधानतः छ, नियमावली सम्मत छ, कानुन सम्मत छ र जनताको माग पनि त्यही हो। यसमा हामीले पटक–पटक संवादहरू विपक्षी दलका नेताहरूसँग गरिरहेका पनि छौँ ।’

सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि आफ्नो संवाद भइरहेको बताए ।

mulpatra mulpatra mulpatra

उनले थपे, ‘प्रधानमन्त्रीसँग मेरो संवाद भइरहेकै छ । उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ। सत्ता पक्ष दलका मुख्य सचेतकबाट प्राप्त समाचार अनुसार पनि प्रधानमन्त्रीले यहाँहरूले राख्नुभएको जिज्ञासा र यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनुभएको छ । त्यस कारणले छिट्टै प्रधानमन्त्रीले सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा, सार्वभौम सबै सांसदहरूको जिज्ञासा मेट्नु नै हुनेछ ।’