Close

Recent Posts

मधेश प्रदेशमा सहमतिसँगै मन्त्रिपरिषद् विस्तार

मधेश प्रदेशमा सहमतिसँगै मन्त्रिपरिषद् विस्तार
  • १३ जेष्ठ २०८३, बुधबार ०७:३३

काठमाडौं । मधेश प्रदेश सरकारमा मन्त्रिमण्डल विस्तार भएको छ । सत्ता साझेदार दलबीच सहमति जुटेपछि मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

mulpatra

मधेस प्रदेशका सत्तारुढ दलहरूबीच मंगलबार १५ बुँदे सहमति गरेका छन् । सहमतिमा मन्त्रालय संख्या घटाउनेदेखि आगामी बजेट निर्माणसम्मका महत्त्वपूर्ण विषयमा सहमति जुटेको हो। यसअघि सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँट, बजेट निर्माण, विकास योजना सञ्चालन तथा सरकार सञ्चालनको प्रक्रियामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।

सत्तासाझेदार दलबिच भएको सहमति पछि अर्थमा नेकपाका युवराज भट्टराई, एमालेबाट भौतिकमा मोहम्मद समिर, श्रम तथा यातायात मन्त्रीमा शारदादेवी थापा, युवा तथा समाज कल्याणमन्त्रीमा लखनदास र शिक्षा तथा संस्कृति मन्त्रीमा मनोज सिंह नियुक्त भएका छन् ।

mulpatra mulpatra mulpatra

यस्तै कांग्रेसबाट स्वास्थ्यमा नगेन्द्र शाह नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।