Close

Recent Posts

स्वास्थ्य बीमाबाट बञ्चित हुँदै सर्वसाधारण, सरकारले गर्‍यो निजी अस्पतालमा सेवा स्थगित गर्न पत्राचार

स्वास्थ्य बीमाबाट बञ्चित हुँदै सर्वसाधारण, सरकारले गर्‍यो निजी अस्पतालमा सेवा स्थगित गर्न पत्राचार
  • १३ जेष्ठ २०८३, बुधबार १२:०४

काठमाडौं । सरकारले निजी अस्पतालबाट स्वास्थ्य बीमाको सुविधा लिँदै आएका सर्वसाधारणको सुविधा कटौति गरेको छ । स्वास्थ्य बीमा बोर्डले मंगलबार निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै आकस्मिक सेवा बाहेकका सम्पूर्ण बीमा सेवा अर्को निर्णय नभएसम्म बन्द गर्न निर्देशन दिएको हो।

mulpatra

स्वास्थ्य बीमा बोर्डको सोमबार बसेको बैठकले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै यस्तो निर्णय गरेको जनाएको छ। सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निजी अस्पतालमार्फत प्रदान हुँदै आएका अधिकांश सेवाहरू स्थगित गर्ने निर्णय गरेपछि सर्वसाधारण उपचार सेवाबाट बञ्चित हुने अवस्था सिर्जना भएको छ।

बोर्डले जारी गरेको पत्रमा जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने बीमासम्बन्धी सेवा स्थगित गरिएको उल्लेख छ। आर्थिक दायित्व बढ्दै जाँदा बोर्डले अस्पतालहरूलाई भुक्तानी गर्न नसकेको र त्यसकै असरस्वरूप सेवा कटौती गर्नुपरेको जनाइएको छ।

mulpatra mulpatra mulpatra

यस निर्णयसँगै दीर्घरोगी, ज्येष्ठ नागरिक, निम्न आय भएका परिवार तथा नियमित उपचार गराइरहेका हजारौं सेवाग्राही प्रत्यक्ष प्रभावित हुने भएका छन्। विशेषगरी निजी अस्पतालमा उपचार गराउँदै आएका बिरामीहरू अब आफ्नै खर्चमा सेवा लिन बाध्य हुने अवस्था देखिएको छ।

यता निजी अस्पतालहरूले पनि लामो समयदेखि बीमा बोर्डबाट भुक्तानी नपाएको गुनासो गर्दै आएका थिए। बक्यौता रकम नपाएपछि धेरै अस्पतालले सेवा निरन्तरता दिन कठिन भएको बताएका छन्। सरकारको यो निर्णयले स्वास्थ्य बीमामा आबद्ध लाखौं नागरिक अन्योलमा परेका छन् भने सर्वसाधारणले सहज र सुलभ उपचार पाउने अपेक्षामा ठेस पुगेको छ।