बैरो संघलाई २४ गते निर्वाचन गराउन काठमाडौं सिडियो कार्यालयको पत्र
काठमाडौं– वैदेशिक रोजगार व्यवसाय संघलाई आगामी जेठ २४ गतेभित्र निर्वाचन सम्पन्न गर्नका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय ले परिपत्र जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले संघमा विवादमा पर्दै आएको तथा व्यवसायीहरूबीच अन्योल बढ्दै गएको भन्दै निर्वाचनका लागि आज पत्र पठाएको हो ।
परिपत्रमा संघको विधान र प्रचलित कानुनअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन तथा कुनै अवरोध सिर्जना नगर्न सम्बन्धित पक्षले शान्ति सुरक्षा दिने समेत पत्रमा भनिएको छ ।
![]() |
![]() |
![]() |
|---|
वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित विभिन्न निर्णय, व्यवसायीको प्रतिनिधित्व र नीतिगत छलफलमा संघको भूमिका महत्वपूर्ण हुने भएकाले समयमै नयाँ नेतृत्व चयन गर्न प्रशासनले चासो दिएको बुझिएको छ ।
संघभित्र पछिल्लो समय नेतृत्व, साधारणसभा र निर्वाचन प्रक्रियालाई लिएर विवाद बढिरहेका बेला प्रशासनको यो कदमलाई चासोका साथ हेरिएको छ ।



