Close

Recent Posts

अनलाइनबाटै मागपत्र प्रमाणिकरणमा महिना दिन दुख दिदै कुवेतकी कन्सुलर सुजनी, समस्यालाई दाम जोड्दै

सरकार भन्छ सेवा छिटो, कर्र्मचारी लगाउँछन् महिना

अनलाइनबाटै मागपत्र प्रमाणिकरणमा महिना दिन दुख दिदै कुवेतकी कन्सुलर सुजनी, समस्यालाई दाम जोड्दैसरकार भन्छ सेवा छिटो, कर्र्मचारी लगाउँछन् महिना
  • १५ जेष्ठ २०८३, शुक्रबार १४:२८

कुवेतकी कन्सुलर सुजनी रानाले डिमाण्ड प्रमाणिकरणमा महिनौँसम्म ढिलाइ गर्दा वैदेशिक रोजगार व्यवसायी र कामदार दुवै मारमा परेका छन् ।

mulpatra

उनले रोजगारता कम्पनीले मागपत्र सम्बन्धी इमेल गरेपनि महिना दिनसम्म दुख दिने गरेकी छिन् । जसका कारण रोजगारदाता कम्पनीले पनि प्रक्रियामा झन्झट मान्न थालेको रोजगार व्यवसायीको गुनासो छ ।

व्यवसायीहरूले समयमै डिमाण्ड प्रमाणिकरण नहुँदा कामदार पठाउने प्रक्रियामै ढिलाई र खर्च बढ्ने समेत बताएका छन् ।

mulpatra mulpatra mulpatra

वैदेशिक रोजगारी क्षेत्रसँग सम्बन्धित डिमाण्ड प्रमाणिकरण प्रक्रिया छिटो, डिजिटल र व्यवस्थितका अनलाइन प्रणाली छ । तर अनलाइनमार्फत काम गर्दा समेत महिनादिन लाग्ने गरेको कयौं गुनासो मूलपत्र डटमा म्यानपावर व्यवसायीले गर्दै आएका छन् ।

गत अप्रिल पहिलो साता एक म्यानपावर कम्पनीले एप्लाई गरेको मागपत्र प्रमाणिकरणको काम अहिलेसम्म प्रमाणिकरण भएको छैन ।

म्यानपावर व्यवसायीले सबै प्रक्रिया पुरा गरेर रोजगारदाता कम्पनीकै इमेल पेस गर्दा समेत रानाले काम गरेको झन्झट सिर्जना गरेको ती व्यवसायीको आरोप छ ।

Image Source: © https://mulpatra.com

ती व्यवसायीले मात्र होइन । अन्य व्यवसायीले समेत कन्सुलर सुजनीविरुद्ध दूतावास र परराष्ट्र मन्त्रालयमा मौखिक उजुरी गदै आएका छन् । तर उनले कामभन्दा समस्यालाई फाइदाका रुपमा लिएर दामसँग जोड्ने गरेको व्यवसायीको आरोप छ ।

सरकारले कुटनीति नियोग अथवा मागपत्र प्रमाणिकरणको काम समेत अनलाइनमार्फत गर्ने भएका कारण ढिलो नहुने गरेको युवा, श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । केही प्रविधिक समस्या भए मात्र काम रोकिने नत्र काम भइरहेको बताउँदै मागपत्र प्रमाणिकरण रोकिएको विषयमा अध्ययन गर्ने जानकारी दिए ।

म्यानपावर व्यवसायीका अनुसार दूतावासमा पेश भएका फाइल लामो समय रोकिँदा कामदारको उडान प्रभावित हुनुका साथै रोजगारदाता कम्पनीसँगको सम्बन्धसमेत बिग्रिने अवस्था आएको छ ।
व्यवसायीहरूले पारदर्शी र समयबद्ध सेवा प्रवाहको माग गर्दै कुवेतस्थित नेपाली दूतावास र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । तर दूतावासका कर्मचारीले सामान्य काममा समेत दुख लिने गरेको व्यवसायीले मात्र होइन कामदारको पनि गुनासो छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com