Close

Recent Posts

स्वास्थ्य मन्त्रालयका लागि एक सय एक अर्ब ९५ करोड बजेट व्यवस्था, स्वास्थ्य बीमामा १५ अर्ब

स्वास्थ्य मन्त्रालयका लागि एक सय एक अर्ब ९५ करोड बजेट व्यवस्था, स्वास्थ्य बीमामा १५ अर्ब
  • १५ जेष्ठ २०८३, शुक्रबार १७:२२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट एक सय एक अर्ब ९५ करोड रुपैयाँ पुर्‍याउने व्यवस्था गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको हो। चालु आर्थिक वर्ष २०८२र८३ मा स्वास्थ्य क्षेत्रमा ९५ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

mulpatra


एक स्थानीय तहको एक स्थानमा आधारभुत अस्पताल सन्चालन गरिने भएको छ । स्वास्थ्यको गुणस्थर विकासका लागि, टेलिमेडिसिनको सुरुवात, जलनको सघन उपचारका वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गरिने । मभेशमा ट्रमा सेन्टरको विकास गरिने छ । बजेटमा स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना, नसर्ने रोगको रोकथाम तथा उपचार, संक्रामक रोग नियन्त्रण र अस्पताल पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। मुटु, मधुमेह, मिर्गौला, क्यान्सरलगायत रोगको उपचारका लागि सातै प्रदेशमा विशेष केन्द्र स्थापना गरिने तथा स्वास्थ्य बिमाका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्न, वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न र जलनको सघन उपचार विस्तार गरिने तथा विभिन्न विशिष्टीकृत अस्पतालको सेवा सुधारका लागि समेत बजेट छुट्याइएको छ। सरकारले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य सेवा, अटिजम तथा बौद्धिक अपांगता भएका बालबालिकाको उपचार तथा पुनःस्थापनालाई पनि विशेष प्राथमिकतामा राखेको छ।

mulpatra mulpatra mulpatra


देशभित्र उत्पादन हुने, आयात निर्यात हुने औषधीको अनुगमन गर्न फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन स्थापना गरिने । वीपी कोइराला क्यान्सर अस्पतालको क्षमता विकास गरिने । आर्युवेद तथा वैकल्पीक चिकित्सा क्षेत्रलाई वैकल्पीक पर्यटनको रुपमा विकास गरिने भएको छ ।


आयुर्वेद, होमियोप्याथी र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिको प्रवर्द्धन, औषधिको गुणस्तर सुधार तथा स्वदेशमै अत्यावश्यक औषधि उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ। स्वास्थ्य सेवा सबै नागरिकका लागि सर्वसुलभ, गुणस्तरीय र प्रभावकारी बनाउने लक्ष्यसहित सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्दै सुधारका कार्यक्रम अघि सारेको जनाएको छ।
कर्णाली प्रदेशका दुर्गघ क्षेत्रमा एयर एम्बुलेन्स सुचारु गर्ने । नर्सिङ क्षेत्रमा रात्री सेवा दिने कर्मचारीको ड्युटी भत्ता दोब्बर गरिएको छ ।