प्रसाई–राणाले नयाँ पार्टी खोल्दा राप्रपामा हाइज्याकको तनाव

प्रसाईलाई सर्वोच्च नेता मन्दा संकटमा लिङ्देन

प्रसाई–राणाले नयाँ पार्टी खोल्दा राप्रपामा हाइज्याकको तनावप्रसाईलाई सर्वोच्च नेता मन्दा संकटमा लिङ्देन
  • २० जेष्ठ २०८३, बुधबार १३:५२

काठमाडौं– स्थापनाको ३५ वर्ष चल्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि एकपटक गम्भीर फुटको संघारमा पुगेको छ ।

mulpatra

अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच लामो समयदेखि चल्दै आएको शक्ति संघर्ष र द्वन्द्व उत्कर्षमा पुगेपछि पार्टी विभाजनतर्फ उन्मुख भएको हो ।

महामन्त्री राणाले राप्रपा त्याग गरी ‘राष्ट्रवादी’ शक्ति निर्माण गर्ने घोषणा गरेसँगै पार्टीभित्र तीव्र तरंग पैदा भएको छ । यसैबीच, अध्यक्ष लिङ्देन र पार्टीका पूर्वअध्यक्षहरूले राणालाई निर्णय फिर्ता लिन र कार्यकर्तालाई आत्मघाती कदम नलिन अपिल गरेका छन् ।

mulpatra mulpatra mulpatra

लिङ्देनसँग लामो मतभेदपछि महामन्त्री राणाले १७ जेठमा राप्रपा त्याग्दै नयाँ अभियान थाल्ने घोषणा गरेका छन् । उनले सबै पक्षलाई राष्ट्रवादी शक्ति निर्माणको अभियान चलाउने बताएका छन् ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास ग¥यौं । तर, विरोधाभाष र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिंड्ने, हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो । राप्रपामा आबद्ध साथीहरुलाई यही बाटो सही लाग्छ, त्यतै रहन शुभकामना छ, कुनै वैरभाव भन्ने धारण राणाले राखेका थिए ।

उनले राप्रपा त्यागेर नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईसँग नयाँ पार्टी खोल्न सहमति समेत भएको छ । उक्त पार्टीमा प्रसाईलाई सर्वोच्च नेता बनाएर अघि बढ्न लगभग तय भइसकेको छ ।

Image Source: © https://mulpatra.com

महामन्त्री राणाले राप्रपा त्याग गरी ‘राष्ट्रवादी’ शक्ति निर्माण गर्ने घोषणा गरेसँगै पार्टी हाइज्याक हुने तनावमा राप्रपा अध्यक्ष लिङ्देन छ । राणासँग ६० प्रतिशत कार्याकर्ता जाने सुइँको पाएको लिङ्देन अहिले पार्टीका नेता कार्याकर्ता जोगाउन तिर लागेका छन् ।

महामन्त्री राणाले राप्रपा त्याग गरी ‘राष्ट्रवादी’ शक्ति निर्माण गर्ने घोषणा गरेसँगै पार्टी हाइज्याकमा होइन । दुर्गा प्रसाई सर्वोच्च नेता हुँदै गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको राजनीतिक नै संकटमा पर्ने अवस्थामा पुगेको राप्रपाकै नेताहरु बताउँछन थालेका छन् ।

मंसिर २०७८ मा सम्पन्न राप्रपाको महाधिवेशनमा तत्कालीन ‘भेट्रान नेता’ कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा र धवलशमशेर राणा महामन्त्रीमा निर्वाचित भएका थिए ।

‘मैले राष्ट्रवादी शक्ति निर्माण गर्न अभियान सुरु गरेको छु, जेठ २१ मा हामी थप घोषणा गर्नेर्छौं’, उनले भनेका छन्,

त्यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मलनिवासबाट नेतृत्व परिवर्तन चाहेका कारण लिङ्देनलाई साथ दिएका थिए र त्यसको वातावरण बनाउन तत्कालिन समय राणा नै सक्रिय थिए ।

सोही घटनाक्रमका बिच राजतन्त्र पुनस्र्थापनाका लागि भएको आन्दोलनमा राप्रपा नेता नवराज सुवेदीलाई संयोजक तोकिएपछि र ४ चैतमा घोषित समितिमा लिङ्देनलाई १० औँ नम्बरमा राखिएपछि राप्रपामा थप कित्ताकाटको अवस्था बनेको थियो । चैत १५ को तीनकुने प्रदर्शन हिंसात्मक बनेपछि राप्रपा थप विभाजित भयो भने राजावादी शक्तिहरू पनि तितरवितर भए ।

चैत १५ को घटनाका आधारमा वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री राणा अदालतको तारिख धाउँदा लिङ्देनले नेतृत्वगतरूपमा खास सरोकार राखेका थिएनन् ।

चैत १५ को घटनाकै चिसो स्वरूप २०८२ साउनमा धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा राप्रपाको युवा संगठनको काठमाडौं जिल्ला सम्मेलनमा अध्यक्ष लिङ्देन प्रमुख अतिथि भएकै ठाउँमा संस्थापन र राणा पक्षका युवाहरूबीच हात हालाहालसमेत भएको थियो ।

त्यसयता विकसित विवादमा गत चैतमा राणाको नेतृत्वमा काठमाडौंमा भएको असन्तुष्टहरूको भेलाले अध्यक्ष लिङ्देनलाई ३ बुँदे पत्र बुझाउँदै निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न र जेठभित्र महाधिवेशन गर्न एक साताको समय दिएको थियो । तर, संस्थापन पक्षले महाधिवेशन बोलाएन ।

बरू लिङ्देनले राणालाई साथ दिएको आरोपमा उपाध्यक्ष मुकुन्दश्याम गिरी, दिलविकास राजभण्डारी, दिलनाथ गिरी, सगुन लावती, सुरेश आचार्य र दमन बस्नेत लगायतको ठूलो पंक्तिलाई कारबाही गरे । उनीहरू अहिले राणाकै पक्षमा छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com