चुनावपछि जेल परेका ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परे
काठमाडौं– नेकपा (एमाले)को दुई दिने राष्ट्रिय कार्यशाला सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

गत फागुन २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् । बुधबार काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा गमलामा रोपिएको विरुवामा पानी हालेर अध्यक्ष ओलीले कार्यशालाको उद्घाटन गरेका हुन् ।
एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला देशभरका नेता सहभागी छन् ।
![]() |
![]() |
![]() |
|---|
कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिव, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुख, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुख सहभागी रहेका छन् ।



