स्वतन्त्र व्यवसायी संघबाट बाचापत्र सहित ढकालले दिए तृतिय उपाध्यक्षमा उम्मेदवारी
काठमाडौं– स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघको तर्फबाट वैदेशिक रोजगार व्यवसाय संघको तृतीय उपाध्यक्षमा कृष्ण ढकालको उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आफनो बाचापत्र सहित वैदेशिक रोजगार व्यवसाय संघको तृतीय उपाध्यक्ष उम्मेदवारी दिएका हुन् । संघको सदस्य समेत रहेका ढकालले व्यवसायीहरूको हकहित संरक्षण, वैदेशिक रोजगार क्षेत्रको सुधार तथा संस्थागत सुदृढीकरणलाई मुख्य एजेण्डा बनाउँदै उनले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन् ।
ढकालले वैदेशिक रोजगार क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै व्यवसायीको सम्मान, पेशागत सुरक्षा र क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले सम्पूर्ण व्यवसायीलाई आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आग्रह गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
बाचापत्र
१. वैधानिक सेवा शुल्कको व्यवस्थापन
हाल प्रचलित सेवा शुल्क व्यवस्थालाई परिमार्जन गरी श्रमिकमैत्री, व्यवसायीमैत्री तथा राज्यमैत्री सेवा शुल्कको व्यवस्था गरिनेछ। यस व्यवस्थामार्फत व्यवसायीहरू सुरक्षित र मर्यादित बन्न सक्ने वातावरण सिर्जना गरिनेछ तथा राज्यको राजस्वमा समेत उल्लेखनीय वृद्धि हुने सुनिश्चित गरिनेछ।
Image Source: © https://mulpatra.com
२. मागपत्र प्रमाणीकरण तथा अन्तिम श्रम स्वीकृति
मागपत्र प्रमाणीकरण प्रक्रियामा हुने ढिलासुस्ती तथा झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा १५(च) बमोजिम सम्भावित गन्तव्य मुलुकको च्याम्बर अफ कमर्स, नोटरी पब्लिक वा श्रम सहचारीमध्ये कुनै एक निकायबाट प्रमाणीकरण भए पुग्ने व्यवस्था गरिनेछ। साथै, रोजगार सम्झौता (भ्mउयिथmभलत ऋयलतचबअत) को आधारमा अन्तिम श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिनेछ।
३. अन्तर्राष्ट्रिय श्रम बजार प्रवद्र्धन तथा नयाँ गन्तव्य मुलुकको खोजी
एक्काइसौँ शताब्दीको प्रतिस्पर्धी श्रम बजार तथा शिक्षित, योग्य र दक्ष जनशक्तिको मागलाई मध्यनजर गर्दै श्रम सम्झौता हुन बाँकी रहेका मध्यपूर्वका मुलुकहरूसँग श्रम सम्झौता गरिनेछ। साथै, युरोपका सम्भावित मुलुकहरूमा श्रम बजारको खोजी गरी त्यहाँ वैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाइनेछ।
४. वैदेशिक रोजगार क्षेत्रमा रहेका सबै प्रकारका सिन्डिकेटको अन्त्य
वैदेशिक रोजगार व्यवसायमा विद्यमान तथा समय–समयमा लागू गर्न खोजिएका सबै प्रकारका सिन्डिकेटको अन्त्य गरी समान उद्देश्यका साथ स्थापित व्यवसायीहरूबीच समान हैसियत, अवसर तथा प्रतिस्पर्धात्मक वातावरण कायम गरिनेछ।
५. मर्यादित व्यवसाय, सुरक्षित श्रमिक, जवाफदेही सरकार र उत्तरदायी रोजगारदाताको युगको सुरुवात
वैदेशिक रोजगार क्षेत्रभित्र रहेका सबै प्रकारका दुविधा, विभेद तथा असमानताको अन्त्य गरी यस क्षेत्रलाई श्रमिकमैत्री, व्यवसायीमैत्री तथा राज्यमैत्री बनाइनेछ। साथै, सुरक्षित श्रमिक, मर्यादित व्यवसाय, जवाफदेही सरकार तथा उत्तरदायी रोजगारदाताको नयाँ युगको सुरुवात गरिनेछ।
उनी स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष समेत हुन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



