सरकार दिने अन्तर सरकारी वित्तीय हस्तान्तरण कुन प्रदेश र स्थानीय तहलाई कति ?
काठमाडौं सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय तहलाई ४ खर्ब बढी रकम छुट्याएको छ ।

आर्थिक वर्ष २०८३÷८४ का लागि प्रदेश र स्थानीय तहको अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय तहलाई ४ खर्ब २४ अर्ब २७ करोड ७४ लाख रुपैयाँ छुट्याइएको हो ।
सबैभन्दा बढी स्थानीय तहको लागि रकम छुट्याइएको छ । स्थानीय तहका लागि ३ खर्ब १४ अर्ब ६२ करोड ३९ लाख रुपैयाँ छुट्ट्याउँदा सात प्रदेशलाई एक खर्ब ९ अर्ब ६५ करोड ३५ लाख छुट्याइएको छ ।
![]() |
![]() |
![]() |
|---|
त्यस्तै, महानगरपालिकालाई ११ अर्ब ७३ करोड ५५ लाख, उप–महानगरपालिकालाई ११ अर्ब ५० करोड ५ लाख, नगरपालिकालाई १ खर्ब ३८ अर्ब ६६ करोड ९५ लाख र गाउँपालिकालाई १ खर्ब ५२ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ छुट्याइएको छ ।



