प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित
काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित भएको छ । आजै १५ मिनेटपछि बस्ने भनिएको बैठक अब भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो ।

विपक्षीहरूको अवरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । यो कार्यकालको पहिलो बैठक हो, जुन सूचना टाँस गरेर स्थगित गरिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि प्रमाण पेस गर्न वा उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी दलहरूले माग गर्दै आएका छन् ।
![]() |
![]() |
![]() |
|---|
रास्वपाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेको र आवश्यक परे परराष्ट्रमन्त्रीले पनि थप प्रस्ट पार्ने बताए पनि विपक्षी दलहरूले अडान नछोड्दा बैठक चल्न सकेको छैन ।
सोमबारको सर्वदलीय बैठकमा पनि रास्वपा सभापति रवि लामिछानेले बरु आफूले सदनमा जवाफ दिने बताएका थिए । तर विपक्षी दलहरूले ठाडै अस्वीकार गरेका थिए ।



